समाचार

पोखराको एक गाईगोठमा आगलागी, १६ गाई मरे

पोखराको एक गाईगोठमा आगलागी, १६ गाई मरे

कास्की । पोखराको एक गाईकोठमा आगलागी हुँदा १३ गाई मरेका छन् । जिल्लाको मादी गाउँपालिका- १ सिक्लेसको गाईगोठमा आगलागी हुँदा १६ गाई मरेका हुन् । यस्तै, चार गाई गम्भीर घाइते भएका छन् । 

 

 

आइतबार साँझ ७ बजेतिर गाईधनी कृतिमान गुरुङले गाईवस्तुलाई न्यानो बनाउन गोठ नजीकै आगो बालेर गुरुङ गाउँतिर निस्कँदा हावाहुरीले आगो फैली गोठमा आगलागी हुँदा गाई मरेको मादी-१ का अध्यक्ष सुरजकुमार गुरुङले जानकारी दिए । गोठमा ३४ गाई थिए । 

पोखरा गाईगोठमा आगलागी