अर्थ शेयर

सेयर बजारका सूचकहरू ओर्लिदै

सेयर बजारका सूचकहरू ओर्लिदै

काठमाडौं । सोमबार बजारको परिसूचकसँगै सबै समूहहरु ओर्लिएका छन्। कारोबार रकम समेत अघिल्लो दिनको तुलनामा घटेको छ। १६० कम्पनीको २४ करोड ९१ लाख रुपैयाँको सेयर किनबेच भयो। बजारको पुँजीकरण १४ खर्ब ५१ अर्बमा झरेको छ।

 

यस दिन नेप्से १०.५६ अंकले घटेको छ । बैंकिङ ९, होटल ४८, विकास बैंक १२, जलविद्युत १४, फाइनान्स ३, निर्जीवन बीमा समूह ७५, उत्पादन ११, अन्य ७, माइक्रोफाइनान्स ९ र जीवन बीमा समूह ११ अंकले घटेका छन्।

 

यस दिन गोर्खा फाइनान्सको संस्थापकतर्फको सेयर कारोबार उच्च भएको छ । सो कम्पनीको २ करोड ५७ लाखको सेयर किनबेच भयो । यसअघि समस्याग्रस्त भएको फाइनान्सलाई नयाँ समूहले लिएसँगै संस्थापक समूहको कारोबार खुलेको हो।

 

एनआइसी एसिया बैंकको १ करोड ३७ लाखको कारोबार भयो । प्रभु र जनता बैंकको १–१ करोडमाथिको कारोबार भयो। यस दिन रिडी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरैले बढेको छ।

 

सो कम्पनीको मूल्य ७.८ प्रतिशतले बढेको छ। रैराङ हाइड्रोका लगानीकर्ताले त्यति नै प्रतिशत गुमाएका छन्।

सेयर बजार सूचकहरू ओर्लिदै
ADVERTISEMENT