समाचार

श्रीमतीको हत्यापछि फरार रहेका अनिल पक्राउ

श्रीमतीको हत्यापछि फरार रहेका अनिल पक्राउ


काठमाडौं । श्रीमतीको हत्या गरी फरार रहेका युवक पोखराबाट पक्राउ परेका छन् । श्रीमती लक्ष्मी परियारको हत्या गरी फरार रहेका खोटाङ बराहपोखरी गाउँपालिका ६ मौवाबोटेका २२ वर्षीय अनिल परियार आइतबार पोखराबाट पक्राउ परेका हुन् । 

 

 

उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पोखरा महानगरपालिका ७ माछापुच्छ्रे टोलबाट पक्राउ गरेको हो ।

 

 


गत भदौ १२ गते काठमाडौंको बसुन्धराको स्पीड गेस्ट हाउसको कोठा नम्बर १०१ मा बस्ने परियारले पत्नी १८ वर्षीया लक्ष्मी परियारको हत्या गरेको प्रहरीको भनाइ छ ।

 

 

 

प्रहरीका अनुसार उनले पत्नीको हत्यामा आफ्नो संलग्नता पनि स्वीकार गरेका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ७ घर भइ हाल बोहराटार बस्ने लक्ष्मीको शव भदौ १५ गते भेटिएको थियो ।

पक्राउ अनिल परियार