मुख्य समाचार राजनीति

सिटी हल र रंगशाला पक्का निर्माण हुन्छः अध्यक्ष प्रचण्ड

सिटी हल र रंगशाला पक्का निर्माण हुन्छः अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको भरतपुर महानगरपालिकामा सिटी हल र रंगशाला दुबै बन्ने पक्का भएको आश्वासन दिएका छन् ।

 

 

 

भरतपुर महानगरपालिकामा आर्थिक वर्ष २०७५-०७६ मा सञ्चालन हुने आयोजनाको घोषणा कार्यक्रमा बोल्दै प्रचण्डले यस्तो आश्वासन दिएका हुन् । 

 

 

 

उनले सिटी हल र रंगशाला निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानीसमेत भइसकेको बताए । प्रचण्डले भने, ‘चियापान सकाएर प्रधानमन्त्रीसँग भेट्न बालुवाटार गएँ ।

 

 

 

प्रधानमन्त्रीसँग भरतपुरमा सिटी हल र क्रिकेट रंगशाला बनाउने विषयमा भएका प्रयास, यहाँको वस्तुस्थिति, मलाई दिइएको जिम्मेवारी, राजनीतिक दलहरुको भूमिका लगायतका विषयमा जानकारी गराएँ, मेरो कुरा सुनेपछि प्रधानमन्त्रीजीले दुवै संरचना निर्माण गरिने घोषणा गर्दिनुस् भन्नुभाछ । अब समस्या छैन ।’

 

 


चितवनसम्म पाइपलाइनबाटै तेल ल्याउने कामसमेत अगाडि बढिरहेको प्रचण्डले जानकारी दिए । चीन र भारतलाई जोड्ने सवैभन्दा छोटो दूरीको ठोरी केरुङ मार्गलाई विस्तार गरि सञ्चालनमा ल्याउनेबारे भारतका प्रधानमन्त्री र चिनियाँ अधिकारीहरुसँग गम्भिर छलफल भएको उनले दाबी गरे । 
 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन