समाचार

भक्तपुरमा गाँजासहित युवती पक्राउ

भक्तपुरमा गाँजासहित युवती पक्राउ

भक्तपुर । भक्तपुरमा अवैध लागूऔषध गाँजा बिक्री वितरण गरिरहेको अवस्थामा शनिबार एक युवती पक्राउ परेकी छन्। सिन्धुली घ्याङलेक गाउँपालिका–३, तामाजोर घर भई हाल भक्तपुरको मध्यपुरथिमि नगरपालिका६ कमेरोटारमा खाजाघर सञ्चालन गर्दै आएकी २२ वर्षीया शान्तिमाया वाइवालाई प्रहरीले पक्राउ गरेको हो।

 

गाँजा बिक्री गरिरहेका बेला उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका नायब प्रहरी उपरीक्षक रेवतीरमण श्रेष्ठको भनाइ छ।

 

उनको साथबाट पोल्यान्ड भनिने गाँजा ३० ग्राम, ८२ पोका अर्थात् २ किलो ४६० ग्रामगाँजा तथा गाँजा पोका पार्न राखिएको प्लाष्टिक १ किलो ७ सय ग्राम बरामद भएको भक्तपुर प्रहरीले जनाएको छ। वाइवाविरुद्ध अनुसन्धान गरी कारबाही अघि बढाइएको नायब प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए।

भक्तपुर अवैध लागूऔषध गाँजा एक युवती पक्राउ