समाचार

रेडपान्डाको छालासहित एकजना पक्राउ

रेडपान्डाको छालासहित एकजना पक्राउ

बाँके । बाँकेमा दुई थान रेडपान्डाको छालासहित एकजना पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिलाई छालासहित प्रदेश ५ प्रहरी कार्यालय अनुसन्धान ब्यूरो नेपालगन्जको टोलीले पक्राउ गरेको हो । 

 

 

रेडपान्डाको छाला बिक्रीका लागि राखेको भन्ने सूचनाको आधारमा कोहलपुर नगरपालिका २ मुगाली टोलका ३१ वर्षीय मानबहादुर शाहीलाई पक्राउ गरिएको अनुसन्धान ब्यूरो नेपालगन्जका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिए ।  

 

 

पक्राउ परेका शाही र बरामद भएको रेडपान्डाको छाला जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको उनले बताए। अनुसन्धान ब्यूरो नेपालगन्जले यसअघि नेपालगन्जको एक होटलमा छापा मारेर रेडपान्डाको छालासहित एकजनालाई पक्राउ गरेको थियो। हिमाली भेगबाट रेडपान्डाको छाला ल्याएर भारतमा बिक्री हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

पक्राउ रेडपान्डा