समाचार

टिपरलाई उपत्यकामा चल्ने अनुमति

टिपरलाई उपत्यकामा चल्ने अनुमति

काठमाडौं । दश दिनका लागि उपत्यकामा २४ वटा टिपरलाई चल्ने अनुमति दिइएको छ । चक्रपथ सुधार आयोजनाका क्रममा सामान ओसारपसार गर्न २४ टिपरलाई चल्न अनुमति दिइएको हो । 

 

 

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख प्रेमराज जोशीका अनुसार १० दिनमा निर्माण सामाग्री ल्याइसक्ने गरी यो अनुमति दिइएको हो । 

 

 

 

उपत्यकामा टिपरका कारण दुर्घटना बढेको भन्दै टिपरलाई बिहान आठ बजेदेखि राति आठ बजेसम्म प्रवेश निषेध गरिएको छ । 

 

 

 

यद्यपी निर्माण कार्यमा असर पर्ने भन्दै ललितपुर जिल्ला प्रशासनले १० दिनका लागि निश्चित टिपरलाई अनुमति दिएको जोशीको भनाइ छ । 

 

 

अनुमति पाएका टिपरले चक्रपथमा आवश्यक सामान ल्याउन मात्र पाउने छन् । जोशीका अनुसार तीनकुने, कोटेश्वर, ग्वार्कोमा सर्भिस ट्रयाकबाट सवारी चलाउने व्यवस्था गरिएको छ ।

टिपर उपत्यका