प्रवास

एनआरएनएका मध्यपूर्व संयोजक शर्मा पक्राउ

एनआरएनएका मध्यपूर्व संयोजक शर्मा पक्राउ

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का मध्यपूर्व संयोजक आरके शर्मा कतारमा मंगलबार पक्राउ परेका छन् । 

 

 

संयोजक शर्मालाई कतार प्रहरीले पक्राउ गरेको एनआरएनएका प्रवक्ता भूषण घिमिरेले पुष्टि गरे ।  शर्मालाई पक्राउ गर्नाको कारण भने नखुलेको उनले जानकारी दिए ।

 

 

 

प्रवासी नेपालीले दोहामा आयोजना गरेको कार्यक्रममा श्रमिक शोषणसम्बन्धी नाटक प्रदर्शन गरेका कारण कतार प्रहरीले शर्मालाई पक्राउ गरेको हुन सक्ने उनले बताए । 

आरके शर्मा गैरआवासीय नेपाली संघ