समाचार

कृष्णनगरमा लगाइएको निषेधाज्ञा हट्यो

कृष्णनगरमा लगाइएको निषेधाज्ञा हट्यो

कपिलवस्तु । जिल्लाको कृष्णनगरमा लगाइएको निषेधाज्ञा पूर्ण रुपमा हटाइएको छ । 

 

 

 

स्थानीयवासी युवाबीच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले आइतबार साँझ ५ बजेदेखि पटक पटक लगाउँदै निषेधाज्ञा लगाउँदै आएको थियो । 

 

 

कृष्णनगर बजार क्षेत्रमा शुक्रबार दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा विवाद भएको थियो । आइतबार कडा सुरक्षाका बीच दुर्गा पूजाको मूर्ति विसर्जन गरिएको थियो । निषेधाज्ञा हटेपछि भारतीय सीमावर्ती कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ । 
 

कपिलवस्तु निषेधाज्ञा