समाचार प्रदेश ७

डोटीमा ७४ वर्षीया वृद्धामाथि बलात्कार

डोटीमा ७४ वर्षीया वृद्धामाथि बलात्कार

डोटी ।  जिल्लाको बडिकेदार गाउँपालिका बस्ने ७४ वर्षीया वृद्धा महिला बलात्कृत भएकी छन् । सो गाउँपालिका वडा नम्बर ३ अन्तरगत सुनालेक मेहेली ग्रामिण सडक खण्डमा हिँड्दै गरेकी ७४ वर्षीया  वृद्धा महिला बलात्कृत भएकी हुन् । 

 

 

 

बाटोमा एक्लै हिँडिरहेको मौका छोपी बोगटान गाउँपालिका वडा नम्बर १ बस्ने २२ वर्षका गणेश भन्ने एकेन्द्रबहादुर धामीले सोमबार बलात्कार गरेको भन्ने उजुरी परेको प्रहरीले जनाएको छ । 

 

 

वृद्ध महिलाले गुहार माग्दा गाउँलेहरुले बलात्कार गर्नेलाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार धामीमाथि अनुसन्धान भइरहेको छ । धामीमाथि जबरजस्ती करणी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक धुब्रबहादुर विष्टले बताए । 

बलात्कृत डोटी