समाचार

गाँजासहित भारतीय पक्राउ

गाँजासहित भारतीय पक्राउ

पर्सा । वीरगञ्जको सीमा क्षेत्रबाट ४५ हजार रुपैयाँभन्दा बढी मूल्यको गाँजासहित प्रहरीले मंगलबार एक भारतीयलाई पक्राउ गरेको छ । 

 

 

इनरुवास्थित शंकराचार्यद्वारबाट नियमित जाँचका क्रममा उक्त गाँजासहित भारत विहार मुज्जफरपुर निवासी सोनुकुमार महतोलाई पक्राउ गरेको हो ।

 

 

मकवानपुरबाट खरीद गरिएको ६ केजी ५ सय ग्राम गाँजा भारततर्फ लैजाने क्रममा सोनुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।