समाचार

छुट्टा-छुट्टै दुर्घटनामा, एकको मृत्यु सातजना घाइते

छुट्टा-छुट्टै दुर्घटनामा, एकको मृत्यु सातजना घाइते

चितवन । जिल्लामा भएका छुट्टा-छुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सातजना घाइते भएका छन् । 

 

 

 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुरको केन्द्रीय बस टर्मिनलमा गएराति दुई मोटरसाइकल एक आपसमा ठक्कँर खाँदा एक मोटरसाइकल चालकको मृत्यु भएको हो । 

 

 


मृत्यु हुनेमा ना १५ प २०८२ को मोटरसाईकल चालक भरतपुर महानगरपालिका–१४ शिवनगर बस्ने ३५ वर्षीय सन्तबहादुर ताम्राकार रहेका छन् । सोही मोटरसाइकलसँग ठक्कँर खाएको ना ५० प ७५२९ नं को चालक सामान्य घाइते भएको प्रहरीले जनाएको छ । 

 

 

 

 

उपचारको क्रममा ताम्राकारको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । पूर्व–पश्चिम राजमार्गमा विपरीत दिशाबाट आउँदै गरेका दुई मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ । 

 

 

 


यसैगरी पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका–३ फिस्लीङ्मा बस दुर्घटना हुँदा चार घाइते भएका छन् । प्रहरीका अनुसार लमजुङ्बाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख ३७०५ नं को बस राजमार्गबाट करीब ७० मिटर तल त्रिशूली नदी किनारमा खसेको छ । 

 

 

 


गएराति करीब १२ बजे दुर्घटना भएको हो । घाइतेमध्ये एकको अवस्था गम्भीर छ । सबैको उपचार पुरानो मेडिकल कलेजमा भइरहेको छ । 

 

 

 

त्यस्तै इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा काठमाडौंबाट मुग्लिन तर्फ आउँदै गरेको ना ५ ख २३७८ नं को ट्रक पछाडी लु ४१ प ४८०७ नं को मोटरसाइकल ठोक्किँदा दुईजना घाइते भएका छन् । 

 

 


घाइते हुनेमा मोटरसाइकलमा सवार गुल्मी अर्खलेका २९ वर्षीय प्रवीण खत्री र २० वर्षीया आयुशा खत्री रहेको प्रहरीले जनाएको छ । गम्भीर अवस्थामा उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटना गएराति ९ः१५ बजे भएको हो । 

दुर्घटना चितवन