समाचार प्रदेश ७

अरिंगालको टोकाइबाट तीन वर्षीय बालकको मृत्यु

अरिंगालको टोकाइबाट तीन वर्षीय बालकको मृत्यु

बझाङ । अरिंगालको गोलो चलाउँदा एक बझाङमा एक बालकको ज्यान गएको छ । तीन बालबालिका घाइते भएका छन् ।

 

 

अरिंगालको टोकाइबाट मृत्यु हुनेमा जिल्लाको केदास्युँ गाउँपालिका-२ कोटी गाउँका ३ वर्षिय बालक कुमार विष्ट रहेका छन् । त्यस्तै उनीसँगै रहेका तीन बालबालिका अमित विष्ट, भरत विष्ट, रुपा विष्ट गम्भिर घाइते भएका छन् ।

 

 

 

उनीहरुलार्इ बाग्थला मेडिकलमा उपचार हुन नसकेपछि देउरा स्वास्थ्य चौकी लगिएको स्थानिय पूर्णबहादुर विष्टले जानकारी दिए । 

 

 

घर नजिकै रुखमा रहेको अरिङ्गालको गोलो चलाउँदा गोलोबाट निस्केका अरिङ्गालले टोक्दा कुमारको घटनास्थलमै मृत्यु भएको र अमित, भरत, रुपालार्इ गम्भिर घाइते बनाएको उनले बताए ।

बझाङ अरिंगाल