राजनीति

क्रियाशीलता बढाउँदै विश्व हिन्दु महासंघ

क्रियाशीलता बढाउँदै विश्व हिन्दु महासंघ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पश्चिम नेपालदेखि भारतसम्मको भ्रमण गरिरहँदा राजसंस्था पक्षधर विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियले पनि आफ्नो क्रियाशीलता बढाएको छ ।

यसै साता महासंघका महासचिव अस्मिता भण्डारीसहितकोे टोलीले प्रमुख दलका प्रभावशाली नेताहरु, विभिन्न शक्ति केन्द्रहरुसँगको सम्वादलाई तीव्र पारेको खबर छ । महासचिव भण्डारीले भारतीय राजदूत मञ्जिव सिंह पुरीसँग भेट गरेको तस्बीर नै नेपालआजले प्राप्त गरेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको हालसालै उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पनि भेट भएको छ । यता हिन्दुराष्ट्र नेपाल र राजसंस्था पुनस्र्थापनालाई मूल उद्देश्य बनाएको विश्व हिन्दु महासंघका महासचिवले भारतीय दूतलाई भेटेको विषयलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

विशेष

ADVERTISEMENT