राजनीति

पूर्वराजा भारत जाने

पूर्वराजा भारत जाने

काठमाडौं, १६ माघ । पूर्वराजा ज्ञानेन्द्र शाह माघ २२ गते भारत जाने भएका छन् । भारतको ओडिसामा आयोजित एक धार्मिक महोत्सवमा सहभागी हुन उनी भारत जान लागेका हुन् ।

ओडिसामा जगदगुरु शंकराचार्य स्वामी निश्चलान्द सरस्वतीको १४५ औं पट्टाभिषेक पञ्चविंशति वर्षपूर्ति महोत्सवमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका उनका सहयोगीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

यस भ्रमणमा पूर्वराजासँग उनी निकट मानिनेहरु मानार्थ पूर्वशाही पाश्र्ववर्ति तथा जनरल एवं विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष भरत केसर सिंह , महासचिव अस्मिता भण्डारी , उपाध्यक्ष अर्जुन वास्तोलासहितको टोली उडीसा जाने भएको हो । स्रोतका अनुुसार राजसंस्था फर्काउने अभियानमा सक्रिय विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियले नै ओडिसामा जगदगुरु शंकराचार्य स्वामी निश्चलान्द सरस्वतीको १४५ औं पट्टाभिषेक पञ्चविंशति वर्षपूर्ति महोत्सवमा सहभागी हुने प्रबन्ध मिलाएको बुझिएको छ ।

विशेष

ADVERTISEMENT