खेल

मनाङ फाइनलमा थ्रीस्टारसँग भिड्दै

मनाङ फाइनलमा थ्रीस्टारसँग भिड्दै

इटहरीमा जारी प्रथम मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा मनाङ–मर्स्याङ्दी क्लब प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा भारतको गरिफा स्पोर्टिङ क्लब कोलकातालाई ३–० ले हराउँदै मनाङले फाइनल यात्रा तय गरेको हो ।

मनाङको जितमा खेलको ४७ औं र ६९ औं मिनेटमा सन्तोष साउखलले दुई गोल गरे भने ७६ औं मिनेटमा विमल रानाले एक गोल गरे ।

जितसँगै मनाङले अब शनिबार उपाधिका लागि थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ‘टाइब्रेकर’मा पराजित गर्दै थ्रीस्टार फाइनलमा पुगिसकेको छ । प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुस्कार पाउनेछन् ।

nepali football