राजनीति भिडियो

जबज सकियो भनेर हिरो हुन नखोजे हुन्छ भन्दै गर्जिए ढुंगेल (भिडियोसहित)

जबज सकियो भनेर हिरो हुन नखोजे हुन्छ भन्दै गर्जिए ढुंगेल (भिडियोसहित)

नेकपा एमालेभित्र पूर्वमहासचिव मदन भण्डारीद्वारा प्रतिस्थापन गरिएको जनताको बहुदलीय जनबादको विषयलाई लिएर बिबाद बल्झिएको छ । एक अन्तरर्वातामा एमाले उपमहासचिव घनश्याम भुसालले भण्डारीले कल्पना गरेको र प्रस्तुत गरेको कार्यक्रम जबजमा ब्याख्या गरिएको चरणबाट नेपाल अघि बढिसकेकाले सो कार्यक्रमको औचित्य सकिएको तथा नयाँ विचारको आवश्यकता खड्किएको बताएका थिए । जबजको विकल्पका बारेमा पहिलेदेखि नै बहश छेडेका भुसालले एमाले र माओवादी केन्द्रका बीचमा हुन लागेको भनिएको एकताको सन्दर्भमा सो बहश पुनः व्युँत्याएपछि एमालेभित्र शक्तिशाली कम्पनको महशुश गरिएको छ । भुसालको अभिव्यक्तिको पक्ष र विपक्षमा तर्क केन्द्रीत भएका छन् ।

नेकपा एमालेका युवा नेता माधब ढुंगेलले भुसालको विचारलाई आफूलाई हिरो बनाउन खोजिएको प्रयत्नका रुपमा अर्थाएका छन् । बेला बेला जबजमाथि आक्रामण गर्ने र आफूलाई वैकल्पिक विचारकका रुपमा प्रस्तुत गर्ने प्रयत्न गरिएको भन्दै ढुंगेल भुसालमाथि खनिएका हुन् । नेपाल आजसँगको अन्तर्वार्तामा ढुंगेलले जबज जिबन्त विचार भएको र सो विचारमै पार्टी अडिक रहने जनाए ।

निर्वाचनबाटै श्रेष्ठता हाशिल गर्ने र राज्यशत्ता हातमा लिइ मुलुकलाई समृद्ध बनाउने भण्डारीको कार्यक्रम सफल र प्रमाणित भएको ढुंगेलको भनाइ छ । उनले प्रमाणित भएको विचारको औचित्य सकियो भन्ने अधिकार कसैलाई नभएको भन्दै ढुंगेलले अनावश्यकरुपमा हिरो नबन्न भुसाललाई सुझाएका छन् ।

भुसालले जबजमा नेपाली समाजको समान्तवादी चरणसम्मको व्याख्या भएको र सोभन्दा पछाडिको चरणका बारेमा कल्पना नभएको भन्दै वैकल्पिक विचारको खाका अघि सारेका छन् ।

त्यसो त एमालेले चुनावी पर्चा पम्प्लेटमा भण्डारीलाई भन्दा केपी ओलीलाई आक्रामक बिम्बका रुपमा प्रस्तुत गरेको थियो । भण्डारीभन्दा ओलीको ओझन बढी देखाइएको चर्चा चुनाव ताकै चलेको थियो ।