समाचार

कोरियाले दुई करोड चालीस लाख सहयोग गर्ने

कोरियाले दुई करोड चालीस लाख सहयोग गर्ने

काठमाडौँ । गणतन्त्र कोरियाले बाढी पहिरो पीडितको सहयोगार्थ मानवीय सहायतास्वरुप रु दुई करोड ४० नेपाल सरकारलाई उपलब्ध गराउने भएको छ । 

नेपाल सरकारको अनुरोधमा कोरिया सरकारले उक्त रकम नेपाल सरकारलाई प्रदान गर्न लागेको यहाँस्थित दक्षिण कोरियाली राजदूतावासले जनाएको छ । उक्त रकमबाट नेपाल सरकारलाई आपत्कालीन राहतका प्रयासमा योगदान गर्न केही सहयोग पुग्ने अपेक्षा कोरिया सरकारले गरेको उक्त दूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

South Korea