मुख्य समाचार प्रविधि

अब इन्टरनेटबिनै इमेल चलाउन सकिने, यस्तो छ तरिका

अब इन्टरनेटबिनै इमेल चलाउन सकिने, यस्तो छ तरिका

साउन १ ।  प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच ५९ औं प्रहरी संचार दिवस सम्पन्न भएको छ । सो अवसरमा प्रमुख अतिथि माननीय गृहमन्त्री जनार्दन शर्माले इन्टरनेट बिनाको इमेल प्रविधि (H.F. Radio Data ) को समेत उद्घाटन गरे । 

रेडियो प्रविधि र कम्प्युटर प्रविधीको कुराकानी नै H.F. Radio Data  प्रविधि हो । यो Military Standard को प्रविधिलाई Software Defined प्रविधि पनि भनिन्छ, जसबाट ईन्टरनेट बिना नै इमेल पठाउन सकिन्छ । यो प्रविधिलाई Internet Server सँग जडान गरिने हो भने Internet Browse गर्न सकिन्छ । त्यसै गरी Email Server मा जडान गरिने हो भने व्यक्तिगत Email Address मा पनि यो प्रविधिबाट ईमेल पठाउन सकिन्छ । यो प्रविधिको प्रयोगले जहाँ ईन्टरनेट सुबिधा छैन त्यँहाबाट इमेल र फोटो पठाउन सकिन्छ र यो सूचना चुहावट नहुने सुरक्षित प्रविधि समेत भएकाले यो प्रविधि प्रहरीमा उपयोगी हुने देखिन्छ । 

कार्यक्रममा गृहमन्त्री शर्माले प्रविधियुक्त प्रहरी आजको आवश्यकता भएकोले प्रविधिको तिव्र विकासलाई पछ्याएर मात्रै आजको समाजलाई सहज बनाउन सकिने बताए। प्रहरी राज्यको कानून कार्यान्वयन गर्ने, सेवा प्रदान गर्ने र प्राथमिक उद्धारक समेत भएकाले जनतालाई प्रत्यक्ष र पहिलो पहुँच पु-याउन प्रविधि महत्वपूर्ण रहेको उहाँले उल्लेख गरे । 

जनतालाई सुरक्षा प्रदान गर्न प्रहरीले सूचना तथा संचार प्रविधिको प्रयोग गरे जस्तै अपराधीले अपराध गर्नका लागि समेत प्रविधिको प्रयोग गर्ने कुरालाई ध्यानमा राखेर अपराध अनुसन्धान र सुरक्षा शैलीमा पनि विकास गर्नुपर्ने, व्यवसायिकता र पारदर्शिता प्रविधिले निर्धारण गर्ने उल्लेख गर्दै अपराध अनुसन्धान प्रविधि बिना सम्भव नभएकाले सुरक्षा चुनौति सामना गर्नका लागि प्रविधि युक्त प्रहरी निमार्ण गर्नुपर्ने गरे।