अभिलेख

मोडल सुजना ढकालको नांगो फोटो उनकै फेसबुकबाट ‘लिक’

मोडल सुजना ढकालको नांगो फोटो उनकै फेसबुकबाट ‘लिक’

असार २७ । विभिन्न म्यूजिक भिडियोमा काम गरेकी मोडल सुजना ढकालको नांगो तस्बीर ‘लिक’ भएको छ । ढकालको तस्बीरमा कुनै होटलमा बसे जस्तो देखिन्छ । उनको हातमा बियरको बोतल पनि छ । तस्बीर पूर्णतः निर्वस्त्र भए पनि संवेदनशील अंग केही आफैले छोपेकी छन् । केही भागमा हामीले ‘फोटोसप’ गरेका छौं ।

सुजनाले आफ्नो मोबाइल हराएको, फेसबुक ह्याक भएको बताएकी छन् । खासमा उनको नांगो फोटो उनकै फेसबुक एकाउन्टबाट सार्वजनिक भएको हो । मंगलबार राति १२ बजेर ३१ मिनेटमा उनको नांगो फोटो फेसबुकमा पोस्ट भएको थियो । पोस्ट भएको केही बेरमै यो फोटो हटाइएको छ ।

केही समय अघि हट फोटो सुट गराएर चर्चामा आएकी सुजनालाई म्युजिक भिडियोहरुमा देख्न सकिन्छ । नांगो फोटो खिच्नुको औचित्य के थियो भन्ने खुलेको छैन । हातमा बियरको बोतल भएको हुनाले उनी नशामा रहेको अनुमान लगाउन सकिन्छ । फोटोको परिवेश होटलको छ ।

तस्बीर नेपालमै वा विदेशमा हो भन्ने स्पष्ट छैन । यसअघि नायिका पुजा लामा र नम्रता श्रेष्ठको यौन भिडियो लिक भएको थियो । मोडल जेसिका खड्का र गायक प्रकाश ओझाको पनि यौन भिडियो सार्वजनिक भएको थियो । जेसिकाले घटनाको केही वर्षपछि आत्महत्या गरेकी थिइन् । त्यसको धेरै अघि नायिका श्रीषा कार्कीले पनि आफ्नो नांगो फोटो सार्वजनिक भएपछि आत्महत्या गरेकी थिइन् ।

विशेष

ADVERTISEMENT