भिडियो कला साहित्य

‘बिक्न र टिक्न सबै क्षेत्रमा गाह्रो छ ’ (भिडियाेसहित)

सागर बुढाथोकी

‘बिक्न र टिक्न सबै क्षेत्रमा  गाह्रो  छ ’ (भिडियाेसहित)

‘चट्टान ढुंगा फोरेर पनि उम्रन्छ पिपल
सिर्जना शक्ति संसारमा कहिल्लै हुदैन विफल ।’

जसले अनेक बाधा अड्चनको बिचपनि संर्घष गरेर आफ्नो प्रतिभा प्रस्तुत गर्छन् । राष्ट्रकवी माधव प्रसाद घिमिरेका माथिका पंक्तिहरु उसको जीवनमा मेल खान पुग्छ । संर्षष गर्ने व्याक्तिले समाजमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुन्छन् । त्यस्तै मध्येकी एक हुन, अन्जना पौडेल । तर, उनी आफुलाई सफल मान्दिनन् । उनकै भाषामा भन्ने हो भने उनी सफल हैनन् । तर, सफलताको बाटो पछ्याउन संर्घष गर्दै गरेको साहित्यकार हुन् ।

पौडेल पेशाले शिक्षिका हुन् । उनी पत्रकारिता र साहित्यमा समेत कलम चलाउछिन् । विभिन्न सामाजिक संघसस्थामा आवद्ध रहेर समाजसेवा समेत गर्छिन् । स्कुल पढ्दादे्खि नै भित्ते पत्रिकामा लेख रचना प्रकाशित गरेर साहित्यमा लागेकी उनको हाइकु संग्रह ‘आगो निभेको छैन’ र कथा संग्रह ‘जव बेदना फुल बन्यो’ प्रकाशित छन् । यही वर्ष २ वटा नयाँ उपन्यास बजारमा ल्याउने तयार गरिरहेकी उनी गीती एल्वम निकाल्ने तयारी गरिरहेको बताउछिन् ।

उनी लमजुङमा जन्मिइन् । । सात महिनामा नै जन्मिएकाले उनको स्वास्थ्य राम्रो थिएन् । जन्मेको लामो समयसम्म दिसा पिसाव नगरेकाले उनी बाच्ने आशा मारिसकेका थिए । तर, आमाले उपचार गरेकाले उनी बाचिन् । उनको बालापन काठमाडौंमा बित्यो । पढाई यतै सकिन् । कक्षा ४ सम्म भने उनले गाउकै स्कुलमै पढेकी थिईन् । उनी सानै छदाँ बुवा बिते । दाईले उनलाई पढाउन काठमाडौं ल्याए । त्यसैले उनको बालापन अरु बच्चाहरुको जस्तो सुखद रहेन् । तैपनि, उनी दु:खी भइनन् ।

काठमाडौं दाईसँग बसेको हुनाले उनले घरायसी काम आफै गर्नुपथ्र्यो । विहान खाना पकाएर स्कुल जाने गर्थिन् । स्कुलबाट आएपछि पनि त्यस्तै घरायसी काममा उनको दिनचर्या बित्थ्यो । यसैगरि उनले एसएलसी पास गरिन् । क्याम्पस पढ्न पद्यमकन्यामा भर्ना भइन् ।

पद्यमकन्यामा त्यतिबेला पहेलो रंगको सारी लगाएर जानुपथ्र्यो । केटीहरु मात्रै पढ्ने कलेज भएपनि पढाई अत्यन्तै राम्रो थियो । त्यहाँ पढ्नको लागि उच्च कुलघरानका परिवारहरु पनि आउथे । त्यतिबेला राजा विरेन्द्रकी छोरी श्रुतीपनि पढ्थिन् । त्यहि कलेज पढेका धेरै केटीहरु अहिले विभिन्न क्षेत्रमा रहेर प्रगती गरिरहेका छन् ।

स्कुलदेखि नै उनी विभिन्न साहित्यक कार्यक्रममा भाग लिन्थिन् । कलेजमा पनि त्यो क्रम निरन्तर जारी रह्यो । विभिन्न पत्रपत्रिकामा पनि उनका लेख रचनाहरु प्रकाशित हुन थाले । उनी शिक्षण पेशामा रहेर साहित्यमा निरन्तर लागिरहिन् ।

साहित्यमा आउनु उनको क्षणिक योजना र संयोग दुइटै थिएन् । उनी बच्चादेखि नै भावुक थिइन् । हरेक भावहरु शब्दमा उर्ताने गर्थिन् । मनको भाव र समाजको भोगाई शब्दमा पोख्दै जादा उनले कहिले कथाको माध्यम लिइन् । कहिले कविता, गजल र मुक्तक लेखिन् । एक समय हाइकुको बाढी नै आएको थियो । उनले हाइकु पनि लेखिन् । नेपालमा हाइकु लेख्ने उनी दोस्रो महिला साहित्यकार हुन् ।

उनी साहित्यमा आमाको प्रभावले आएको बताउछिन् । बुवा सानैमा वितेपछि उनको आमा एक्लै थिइन् । आमाको एक्लोपन डायरीमा पोखिन्थ्यो । गीत र कविताले भरिएका आमाको डायरी उनले देखेकी थिईन् । ती अत्यन्तै मार्मिक हुन्थे । पढेर उनी आशु खसाल्थिन् । भावुक हुदैँ गीत गाउने कविता भन्ने आमाको बानी नै थियो । उनी आमाको सुखदुखको साथी थिइन् ।

आमाले लेखेका शब्दहरुको प्रभावले उनले पनि भावनालाई शब्दमा उर्तान थालिन् । लेख्ने बानी परेपछि नलेखी बस्न सकिनन् । त्यस्तै गर्दा गर्दै उनी साहित्यमा आईन् । उनी भन्छिन्, ‘साहित्यमा मेरो पारिवारिक घटना र प्रभाव छ । बढी सम्वेदनशिल भइयो भने लेख्न सजिलो हुदोँ रहेछ । समाज बुझ्न पनि सम्वेदनशिल मान्छे अरु भन्दा अगाडि हुदोँ रैछ ।’

काठमाडौंमा दाइसँग बस्दा उनी रेडियो अत्यन्तै सुन्थिन् । स्कुलमा प्रकाशित हुने भित्तेपत्रिकामा नियमित लेख्थिन् । पहिलोपटक उनले ‘आमा ’ नामक कविता छपाएको अझैपनि बिर्सिदिनन् ।

दाई आफ्नो काममा व्यस्त हुन्थे । उनको साथी कोही थिएनन् । उनको एक्लोपनको साथी रेडियो बन्यो । भावना डायरीमा पोखियो कविता, मुक्तक बनेर । स्कुलदेखि कलेजसम्मको विभिन्न कार्यक्रमहरुमा उनी कविता भन्थिन् । भित्ते पत्रिकामा रचना छपाउथिन् ।

कलेज पढ्दा उनी स्पेश टाइम दैनिकमा ईन्र्टनसिप गर्न गएकी थिइन् । त्यहाँ जागिर पनि खाईन् । ५७ सालमा केही समय पत्रकारिता गरेकी उनी त्यसपछि शिक्षिका भइन् । बिवाह गरिन् । हाइकु संग्रह र कथा संग्रह निकालेपछि साहित्य कर्मबाट ओझेलमा परिन् । किन त ? उनी भन्छिन्, ‘परिवारलाई समय दिनुपथ्र्यो । पढाउन पनि जानुपर्ने । बच्चा जन्माएपछि जिम्मेवारी बढ्यो । त्यसैले अलि निष्क्रिय जस्तै देखिए । तर,लेख्न छोडेको छैन् ।’ उनले थपिन्, ‘अहिले उपन्यास लेखिरहेको छु । त्यो भन्दा अगाडि केही कविताहरु पत्रपत्रिकाहरुमा प्रकाशित भएका छन् ।’

उनी फुर्सदमा पुस्तक पढ्न रुचाउछिन् । नेपाली साहित्यका पुस्तकहरु खोजी खोजी पढ्ने उनको बानी छ । नेपाली साहित्यमा सम्भावना भएका सर्जकहरुलाई बिक्न र टिक्न गाह्हो भएको उनले अनुभव गरेकी छिन् । भन्छिन्, ‘दुख गरेर लेख्यो । पैसा खर्च गरेर पुस्तक निकाल्यो । बजारमा बिक्रि हुदैन् । न त केही प्रक्रिया नै पाइन्छ ।’ उनी थप्छिन्, ‘केही चर्चामा आएका, मिडियाहरुले सर्पोट गरेकाहरु माथी आउछन् । अरु धेरै आफ्नै तालमा रमाउछन् ।’

अहिले उनी लमजुङबाट प्रकाशित हुने साप्ताहिक पत्रिका लमजुङ रत्नकी सम्पादक समेत हुन् । शताब्दी साहित्य प्रतिष्ठानकी अध्यक्ष उनी सिग्मा कलेजमा समाजशाश्त्र विषय पढाउछिन् । समाज सेवामा समेत सक्रिय उनी गीतकार समेत हुन् ।

रमजुङ रत्न पत्रिकामा प्रकाशक, सम्पाद र रिर्पोटर सबै महिलाहरु नै छन् । त्यसको सम्पादनमा उनी विगत लामो समयदेखि सक्रिय छिन् । स्पेश टाइम दैनिकमा हुदाँ पत्रकारिता गरेको हुनाले पनि उनलाई पत्रकारितामा रुचि रहेका बताउछिन् । भन्छिन्, ‘साहित्य रुख हो भने, पत्रकारिता, शिक्षण र समाजसेवा हाँगा हुन् । यी सबै एकैचोटी हुर्किन्छन् । सबैलाई समय दिएकै हुन्छु ।’

उनी नेपाली साहित्यमा संर्घष गर्दै गरेको बताउछिन् । उनका मनपर्ने लेखकहरु धेरै छन् । उषा शेरचन, छवी अनित्य, मुक्तिनाथ न्यौपाने, घनश्याम खड्का, दामोदर न्यौपाने, प्रकाश सायमी,राम गोपाल आशुतोष लक्ष्मी उप्रेती , नवराज पराजुली, गनेश पौडेल र भद्र कुमारी घलेको नाम उनको मुखमै झुण्एिको छ । यी बाहेक अन्य धेरै लेखकहरुको कितावहरु उनीसँग छन् ।

शिक्षण, साहित्य र पत्रकारिता मात्र हैन्, उनी समाजसेवी पनि हुन् । साहित्य शताब्दी प्रतिष्ठान सस्थामा कार्यरत उनले विभिन्न स्कुलहरुमा अनाथ बालबालिका पढ्न सहयोग गरेकी छिन् । भुकम्प पिडित देखी अन्य क्षेत्रका पिडितहरुलाई पनि उनले सहयोग गर्दै आएको बताउछिन् । उनी भन्छिन्, ‘म धेरै कामहरु गरेपनि साहित्यकार भएर चिनिन चाहन्छु । अगामी वर्षहरुमा मेरा धेरै पुस्तकहरु बजारमा आउनेछन् ।’

काम गरेजस्तै विभिन्न मानसम्मानबाट सम्मानित भएकी छिन् उनी । आफ्नै जन्मदिनमा सत्यमोहन जोशीको हातबाट शताब्दी साहित्य पुरस्कार पाएको क्षण जीवनकै अवीस्मरणिय रहेको बताउछिन् । यस्ता विभिन्न सम्मानले नै साहित्यमा निरन्तर लाग्न प्रेरण पाउने उनको अनुभव छ ।

 

anjana paudel nepali sahi