प्रविधि

आइफोन ८ आउने भयो यस्ता छन् विशेषता

आइफोन ८ आउने भयो यस्ता छन् विशेषता


असार ९ । एप्पलको आइफोन एट लञ्च हुने मिति नजिकिँदै गएको छ ।

स्मार्टफोनका मेमोरी चिप बनाउने कम्पनीहरुलाई भ्याइनभ्याइ छ । दुनियाभरका इलेक्ट्रोनिक कम्पनीहरुले मेमोरी चिप तयार गरी भण्डारण गरिरहेका छन् । उनीहरुलाई डर छ कि आइफोन एट लञ्च भएसँगै बजारमा मेमोरी चिप्सको अभाव हुनेछ ।

यसले एप्पल तथा सामसुङ जस्ता ठूला कम्पनीहरुलाई कुनै फरक नपार्ने बताइएको छ । अभावबाट बच्नका लागि केही कम्पनीहरुले पहिले नै अर्डर दिइसकेका छन् ।
चिप बनाउने प्रविधि समयसँगै निकै जटिल बनिरहेको छ । यसमा लागतको तुलनामा मुनाफा कम छ । जसका कारण केही चिप्सको मूल्य एक वर्षभित्रमा तीन गुणा भन्दा धेरै बढिसकेको छ ।

यसको असर DRAM र NAAD चिप्समा देख्न सकिन्छ । NAAD चिप्सले बजारमा धेरै कठिनाइको सामना गर्नुपर्ने हुनसक्दछ । हरेक वर्ष NAAD चिप्सको झन्डै १८ प्रतिशत हिस्सा एप्पलले खरिद गर्दछ । चिप मेकरहरुले चिप्सको उत्पादन बढाउनका लागि यसका धेरै रकम लगानी गर्न सुरु गरेका छन् । सामसुङ पनि ल्ब्ल्म् चिप्सको उत्पादन आफ्नो दक्षिण कोरियाली प्लान्टमा सुरु गर्नेवाला छ ।

ADVERTISEMENT