राजनीति भिडियो

‘सुन्दर हरैचालाई साँच्चै नै सुन्दर नगर बनाउँछु’ — मेयर उम्मेदवार गुरागाईं (भिडियोसहित)

‘सुन्दर हरैचालाई साँच्चै नै सुन्दर नगर बनाउँछु’ — मेयर उम्मेदवार गुरागाईं (भिडियोसहित)

असार – ७ । मोरङको सुन्दर हरैचा नगरपालिकाका मेयरमा नेकपा (एमाले)को तर्फबाट उम्मेदवारी दिएका केदारप्रसाद गुरागाईंले मोरङवासीलाई विश्वस्त भएर नेकपा एमालेलाई मतदान गर्न आह्वान गरेका छन् । दोस्रो चरणको निर्वाचनमा सो नगरपालिकामा एमालेकै सुनिश्चित भएको बताउँदै स्थानीयलाई सशक्त भएर आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरेका हुन् ।

उनले उक्त नगरको विकासको लागि आफ्नो योजना र अवधारणाहरु अगाडि सार्दै उनले नगरपालिको जनसंख्या, विकास र भौगोलिक हिसाबले मोरङकै दोस्रो ठूलो नगरपालिका भएको र यसको विकासको लागि काम गर्ने प्रयत्न आफूले गरेकाले यसलाई साँच्चै नै सुन्दर नगर बनाउन सकिने बताए । विकासको गति तीव्र हुन सकेमा अर्को निर्वाचनसम्ममा सुन्दर हरैचालाई उपमहानगरपालिका बनाउन सकिने उनी विश्वास दिलाए ।

यसै सन्दर्भमा आफ्ना विकासका खाका फुकाउँदै उनले उक्त नगर विकासका योजनाहरु पनि पस्किए । तत्कालिन आवश्यक्ताहरु अनुसार बाटाघाटा कलोपत्र गर्ने, नगरभित्र रिङरोडको अवधारणा अघि सार्ने, पुलको निर्माण, नगर बसहरु सञ्चालनमा ल्याउने, अन्य बाटाघाटालाई कालोपत्र गर्ने,वरिपरि वृक्षरोपण गरिने, सामुदयीक विद्यालयलाई प्राथामिकता दिन राज्यलाई झकझकाउने, अंग्रेजी माध्यममा पढाउने वातावरण तय गर्ने, गुणस्तरीय शिक्षा व्यवस्था ल्याउने , मेडिकल कलेज सञ्चालन गर्ने, प्राविधिक विषयका शिक्षालय खोल्ने, सुसंस्कृत समाज निर्माण गर्ने, स्वास्थ बिमा लागू गर्ने, स्वास्थ चौकीको क्षमता अधिवृद्धि गर्ने, मान्छेको जीविकोपार्जका निमित्त कृषिलाई व्यवस्थित बनाउने जस्ता कार्य योजनाहरु उनले सुनाए ।

आफ्ना कार्य योजना संक्षिप्त रुपमा पस्कदैँ उनले सबै मतदाताहरुलाई नेकपा एमालेले उक्त ठाउँको विकासको लागि आवश्यक्ता बुझेको र विगतदेखि नै नेतृत्वदायी भूमिका खेलेको भन्दै आफूलाई विजयी गराउन आग्रह गरेका छन् । उनी मोरङ जिल्ला कमिटिका सचिवालय सदस्य हुन् भने सुन्दर हरैचा नगर संगठन कमिटिका नगर संयोजक पनि हुन् ।

kedar prasad guragain koshi haraicha nepal election 2073