राजनीति

गजल

गजल
तिमी भन्दा बेसि बफदार छन यी आँसुहरु l भन त कुनै कारण बेगर झर्छन यी आँसुहरु ? तिम्रो दिलमा नहुला म तिमी छ्यौ यो दिलमा l तिम्रै यादमा अचेल यात्रा गर्छन यी आँसुहरु l टुटेर रुनुको फाईदा छ जख्महरु निको हुन्छन l दिल भित्रका कयौं जख्महरु भर्छन यी आँसुहरु l प्यार होस त यो नयन र यो मनको जस्तो यार l मन दुख्दा नयन बाट बर्सन्छन यि आँसुहरु l मनको करिब हुनेहरु टाढा हुन्छन भौतिक रुपमा l त्यसैको सन्तापमा त दुनियाँ खर्चन्छ्न यि आँसुहरु l
माधब पौडेल बाँसगढि न.ग.पा.-८ बर्दिया email : mp_paudel72@yahoo.com हाल :- दोहा-कतार

स्थानीय तहको निर्वाचन