अपराध सुरक्षा

सेनामा भर्ती गरिदिने प्रलोभन देखाउँदै ठगी गर्ने पक्राउ

सेनामा भर्ती गरिदिने प्रलोभन देखाउँदै ठगी गर्ने पक्राउ

नेपाली सेनाको सैन्यमा जागिर लगाइदिने भन्दै गाउँका सोझासाझा युवासँग पैसा असुलेको आरोपमा जिल्ला प्रहरी कार्यालय, चितवनले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माडी नगरपालिका–८ घर भएका विष्णु सुनुवार रहेको प्रहरीले जनाएको छ   ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार यही जेठ १५ गते सैन्य भर्नाको प्रवेश अनुमतिपत्र ल्याउने र असार २ गतेदेखि तालिममा सहभागी गराउने भन्दै युवासँग प्रतिव्यक्ति रु दुई लाखका दरले रकम उठाइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । 

जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानको काम भइरहेको प्रहरी उपरीक्षक थापाले बताए । उठाइएको रु एक लाख ५० हजारसमेत सुनुवारबाट बरामद गरिएको छ । उनले छ/सातजनासँग रकम ठगी गरेको प्रहरीको अनुमान छ ।

पक्राउ नेपाली सेना

विशेष

ADVERTISEMENT