समाज

साझा बस अब भक्तपुरमा पनि सञ्चालन हुने

साझा बस अब भक्तपुरमा पनि सञ्चालन हुने

भक्तपुरमा बिहीबारदेखि बीस वटा साझा बस सञ्चालनमा आउने भएका छन् । योसँगै उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा साझा बसहरु सञ्चालनमा आउने भएका हुन् ।

यसअघि यातायात व्यवसायीहरुले भक्तपुरमा साझा बस गुड्न नदिने चेतावनी दिएका कारण बसहरु सञ्चालन हुन सकेको थिएन । रुट पर्मिटको औपचारिक पत्र प्राप्त भइसकेकाले बिहीबारदेखि बसहरु भक्तपुरको सूर्यविनायक सम्म सञ्चालन हुने कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए ।

हाल बीस वटा बस संचालन भइरहेको रुट स्वयम्भु, कलंकी, त्रिपुरेश्वर, एनएसी, पुरानो बसपार्क, शहीदगेट, त्रिपुरेश्वर, बानेश्वर हुँदै कोटेश्वरसम्मको दुरीलाई नै बढाइएको साझाले जनाएको छ।

उनका अनुसार अब अब साझा बस कोटेश्वर हुँदै जडिबुटी, लोकन्थली, गठ्ठाघर, ठिमी बजार, सिर्जना नगर, सल्लाघारी, कटुन्जे, चुनदेवी हुँदै सूर्यविनायकसम्म पुग्ने छन् ।

त्यस्तै फर्किँदा सोही रुट हुँदै माइतिघरसम्म र माइतिघरबाट सिंहदरवार, कमलादी, पुरानो बसपार्क, शहीदगेट, त्रिपुरेश्वर हुँदै स्वयम्भूसम्म बसहरु पुग्नेछन्।
व्यवसायीहरुको विरोधका बाबजुत पर्सिबाट बसहरु संचालन हुने भएपछि सुरक्षा चुनौति भने बढेको छ ।

 

भक्तपुर साझा बस