विचित्र विश्व

विवाह गरेकोे ३ घन्टामै बेहुलालाई डिभोर्स दिएर चारपाटा मुन्डाइन् बेहुलीले

विवाह गरेकोे ३ घन्टामै बेहुलालाई डिभोर्स दिएर चारपाटा मुन्डाइन् बेहुलीले
बैशाख १६ । भारतका एक विवाहित पुरुषलाई विवाह भएको तीन घन्टामा उनकी पत्नीले डिभोर्स दिएकी छिन् । नवविवाहित युवती आफ्ना पतिलाई लोभीको आरोप लगाएर सजाय स्वरुपम चारपाटा मुन्डन गराउन लगाएका थिइन् ।
पूर्वी भारतकी १८ वर्षीय रुबना पर्भीनले गत बुधबार मुनताज अनसीसँग विवाह गरिन् । तर, मुसलमानको परम्पराअनुसार केटापक्षबाट अत्याधिक महंगो मोटरसाइकल दाइजो मागेपछि रुबनाले अनसीलाई लोभीको संज्ञा दिएर विवाह गरेको तीन घन्टामै डिभोर्स दिएकी हुन् ।
यतिमात्र नभएर उनले अनसीसलाई सजाय स्वरुप जुत्ताको माला लगाएर चारपाटे मुन्डाउन लगाइन् । रुबनाका पिताले अनसीको लागि किनिदिएको मोटरसाइकल चित्त नबुझेर अनसीले घन्टौँ बहस गरेका थिए ।
रुबनाले ती अनसीलाई डिभोर्स दिएको त्यही दिनमा अर्को विवाह गरिन् । सोही दिन रुबनाले अर्का २५ वर्षीय युवक मोहम्मद इलियाससँग विवाह गरेकी हुन् ।  

India