कला साहित्य

गजल: बाटो हेर्दै

गजल: बाटो हेर्दै
बाटो हेर्दै होलान चाउरिएका औला बा ले पात्रोमा राखेर l आमाले नि आँसु संगाल्दिहुन हर साँझ मझेत्रोमा राखेर ll साहुले दिनदिनै करकर गरे होलान घरमा आएर पक्कै l आएको थिए खेतबारी सबै बन्धक त्यत्रोमा राखेर ll सोचे झैँ कमाई भएन खाली हात फर्किन यो मनले मानेन l छिमेकी भन्छन बहिर बसेकोछ बा आमालाई झुप्रोमा राखेर ll अलिकति पैसा जम्मा गरेर फर्किन्छु भन्दाभन्दै आज l हिडेकाे बर्षौ भएच बुढाबुढीलाई त्यो घर थोत्रोमा राखेर ll सकुशल फर्के,आउँछु घर बनाउँछु चारधाम घुमाउँछु बा l आएनछु भने श्मशान पुर्याउनु मलाई कात्रोमा राखेर ll
माधब पौडेल बाँसगढि न.ग.पा.-८ बर्दिया email : [email protected] हाल :- कतार

Gajal