विदेश

काश्मिरमा हिंसा भड्कियो ८ जनाको मृत्यु

काश्मिरमा हिंसा भड्कियो ८ जनाको मृत्यु

चैत २८ । भारत प्रशासित कश्मिरमा आइतबार सम्पन उप निर्वाचनका क्रममा भड्किएको हिंसामा परी कम्तिमा आठ जनाको मृत्यु भएको छ ।

श्रीनगर लोकसभाका लागि भएको मतदानका क्रममा विभिन्न मतदान केन्द्रमा हिंसात्मक प्रदर्शन र झडप भएको थियो । उप निर्वाचनमा केबल ६ दशमलब ५ प्रतिशत मात्र मत खसेको अधिकारीहरुले जनाएका छन् । पृथकतावादी नेताहरुले निर्वाचन बहिष्कारको आह्वान गरेका थिए ।

केन्द्र सरकारले अतिरिक्त २० हजार सेना परिचालन गरेको थियो भने शान्तिपूर्ण निर्वाचनका लागि इन्टरनेट सेवा समेत बन्द गरिएको थियो ।

कश्मिरमा अघिल्लो वर्ष चलेको महिनौं लामो राजनीतिक प्रदर्शनका क्रममा करिब ९० जनाको मृत्यु भएको थियो । मुस्लिम बाहुल्य कश्मिर, भारत पाकिस्तानबीचको दशकौं पूरानो विवादको केन्द्र बन्दै आएको छ ।

Kasmir