समाचार

भूकम्प प्रभावित थप १७ जिल्लामा अनुदानकाे पहिलो किस्ता वितरण शुरु

भूकम्प प्रभावित थप १७ जिल्लामा अनुदानकाे पहिलो किस्ता वितरण शुरु
चैत्र–२० । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भोलीदेखी भूकम्प प्रभावित थप १७ जिल्लामा निजी आवास पुनर्निर्माणका लागी अनुदान बापतको पहिलो किस्ता वितरण शुरु गर्ने भएको छ । सर्वेक्षण गरी लाभग्राही सूचीमा समावेश भएकाहरुलाई प्राधिकरणले घर बनाउन दिने तीन लाख अनुदान मध्ये पहिलो किस्ता वापतको ५० हजार रुपैया बितरण गर्न लागेको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डाक्टर गोविन्दराज पोखरेलले भोली कास्कीको लुम्लेबाट अनुदान बितरण सुरु गर्ने बताइएको छ । भूकम्म प्रभावित अर्घाखा“ची, बाग्लुङ, भोजपुर, धनकुटा, गुल्मी, कास्की, खोटाङ्ग, लमजुङ, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत, संखुवासभा, स्याङजा, चितवन, सोलुखुम्बु र तनहु“मा गरि अहिलेसम्म ५ सय ८६ गाविस तथा नगरपालिकाबाट लाभग्राहीको सूची प्राप्त भइसकेको छ । बाँकी १ सय ७७ गाविस तथा नगरपालिकाको तथ्याङ्क एकीकृत गर्ने कार्य भइरहेको सुचना व्यवस्थापन तथा संचार शाखाका प्रमुख उपसचिव मनोहर घिमिरेले बताए । सोलुखुम्बुका तीन गाविसमा भने हिमपातका कारण तथ्याङ्क सकंनलन हुन नसकेको छैन । प्राधिकरणले यसअघि पहिलो चरणमा तथ्याङ्ग संकलन भइसकेका १५ हजार ७ सय ४३ लाभग्राहीलाई पहिलो किस्ताको ५० हजार रुपैया बितरण गर्न स्वीकृति दिइसकेको छ ।

अनुदान भूकम्प प्रभावित जिल्ला राष्ट्रिय पुनर्निर्माण प्राधिकरण