समाचार

ब्याकुल माइला काठमाडौं महानगरपालिकाको विकास दूतमा नियुक्त

ब्याकुल माइला काठमाडौं महानगरपालिकाको विकास दूतमा नियुक्त
चैत्र–१८ । नेपाली राष्ट्रिय गानका गायक प्रदिप कुमार राई ‘ब्याकुल माइला’काठमाडौं महानगरपालिकाको विकास दूतमा नियक्त भएका छन् । महानगरपालिकाले शुक्रबार उनलाई तत्काल सुधार कार्यहरुको कार्ययोजना, २०७३ सार्वजनिक गर्दै उनलाई विकास दूतमा नियुक्त गरेको हो । तत्काल सुधारका कार्ययोजना अन्तर्गत ३० बुँदे सुधारका कार्यक्रमसमेत नगरपालिकाले सार्वजनिक गरेको छ ।

काठमाडौँ महानगरपालिका प्रदिप कुमार राई ‘ब्याकुल माइला’ विकास दूत