कला साहित्य

नेपाली साहित्यमा अनुभूतिको बहस

नेपाली साहित्यमा अनुभूतिको बहस
अनुभूति जीवनको लागि अपरिहार्य चिज हो जसले जीवनलाई निर्देश गर्दछ । जीवन अनुभूति भन्दा टाढा रहन सक्दैन । मान्छे जन्म देखी मृत्यु पर्यन्त अनुभूतिले डोर्याइ रहेको हुन्छ । जब मान्छे आमाको कोख बाट जन्म लिन्छ तब उसको अनुभूति सुरु हुन्छ । मान्छे जति परिपक्व हुँदै जान्छ अनुभूति पनि त्यस्तै सापेक्षित रुपले ग्रहण गर्दै जान्छ मुख्यतः अनुभूति , परिपक्वता, आवश्यकता र सापेक्षता बिच नितान्त तालमेल हुन्छ । अनुभूति चेतले ग्रहण गर्ने कुरा हो भने यसमा चेतनाको भुमिका पनि महत्वपूर्ण छ । मान्छे जन्मेपछि शारीरिक, मानसिक रुपले परिपक्व हुदै जान्छ त्यही आधारमा चेतनाको पनि विकास हुदै जान्छ । चेतनाको विकास हुनु भनेकै अनुभूतिको प्रभावले हो । जब मान्छेले केहि कुराको अनुभूति गर्छ, चेत ले ग्रहण गर्छ अनि सिक्छ । कुनै पनि विद्यार्थीले अनुभूति नगरी कहिले सिक्न सक्दैन । प्याब्लभले पनि अनुभूतिलाई नै आधार मानेर कुकुरलाई सिकाइ को लागी परिक्षण गरेका थिए । त्यसैले सिकाइमा पनि अनुभूतिको भुमिका महत्वपूर्ण छ । हरेक चेतनशील प्राणीमा अनुभूतिको महत्वपूर्ण भुमिका रहेको हुन्छ । तर मान्छे र अरु प्राणीमा भने अलि फरक तरिकाले अनुभूतिले भुमिका खेले को हुन्छ । त्यसको बारेमा अरु लेखमा छलफल गरौंला । जीवनमा मान्छेले हरेक पल हरेक कुराको अनुभूति गरिरहेको हुन्छ तर घटित घटना र स्थान बिसेसले अनुभूति फरक फरक हुन्छ । तसर्थ जीवनको सत्य भन्नु नै अनुभूति हो । संवेग, आवेग, भोक, तिर्खा, माया, प्रेम, दुख, सुख यी यावत कुरा अनुभूति बाटै हुने गर्दछ । अनुभूति सापेक्ष, निरपेक्ष, प्रत्ययक्ष, अप्रत्यक्ष हरेक तरिकाले हुन्छ । जब कि मान्छे निदाउदा समेत सपनामा एक खाल को सपनामै अनुभूति गरिरहेका हुन्छौं । हामी जीवनमा सुन्दर अनुभूति गर्छौैँ त्यतिबेला हामी जीवनसँग सन्तुष्ट छौँ, दुखको मात्र अनुभूति गरिरहन्छौ भने हामी त्यति सन्तुष्टि छैनौ भन्ने बुझ्नु पर्दछ । अनुभूति जीवनको हरेक कोणमा उपस्थित हुन्छ । अनुभूति बिना जीवनको परिकल्पना नै गर्न सकिदैन । मान्छे चेत सुन्य भए पछि मात्र गर्न छोड्छ, अनुभूतिको अन्त्य नै जिवनको अन्त्य हुनु हो । अनुभूति सापेक्ष–निरपेक्ष हुने भएकोले एकै प्रकारको मात्र हुदैन, प्रकारान्तर रुपले ब्याख्या गर्न सकिन्छ, जस्तै प्रत्यक्ष, अप्रत्यक्ष, सामुहिक, एकल आदि रुपले पनि ब्याख्या गर्न सकिन्छ । तर यि रुपले ब्याख्या गरे तापनि अनुभूति ले खास गरेर जीवनलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपले प्रभाव पार्ने हो । जीवनमा प्रभाव पार्नु भनेकै अनेकन परिघटनाहरुमा अनुभूति सामेल हुनु हो । मान्छे जन्मेपछि क्रमिक रुपमा शारीरिक, मानसिक रुपले परिपक्व हुने क्रममा समाजमा हुने अनेक क्रियाकलापमा सामेल हुदै जान्छ । ती क्रियाकलापबाट उसले नयाँ–नयाँ कुराको अनुभुत गर्दै जान्छ र त्यसले उसको जीवनमा प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पार्दछ । अनुभूति खास गरेर मान्छेले गर्ने हरेक चिजहरुमा प्रत्यक्ष र अप्रत्यक्ष रुपले भइ रहेको हुन्छ, जस्तैः दर्शन, साहित्य, कला (संस्कृती, राजनिती, सिकाइ, मनोविज्ञान आदिमा अनुभूतिको प्रभाव कहि न कहि भइ रहेको हुन्छ । त्यसैले अनुभूति सबै कुराका लागि आधारभुत वस्तु हो । विश्वको दर्शन, चिन्तन, सिद्धान्त, साहित्य, विज्ञान, मनोविज्ञान र कला मनोरञ्जन क्षेत्रमा अनुभूतिको कुरा नआएका होइनन् तर अचेतनीक अथवा अप्रत्यक्ष रुपले मात्र आएको पाइन्छ । सिधै अनुभूति नै भनेर चाही व्याख्या तथा बहस गरिएको कहि पाइँदैन । त्यसैले नेपाली चिन्तन र साहित्यलाई दर्बिलो र फराकिलो बनाउन अनुभूतिको खुला बहस हुन जरुरी छ । खासमा अनुभूति के हो त ? अनुभुती हामिले कसरी ग्रहण गरिरहेका छौँ ? नेपाली साहित्य वा विस्व दर्शन र साहित्यमा कस्तो खालको अनुभूति को उपस्थिति छ ? आगामी दिनमा हामी नितान्त बहस गर्दै जाने छौँ । नेपाली साहित्यमा अनुभूति को प्रभाव अत्यन्तै पाइन्छ । तर अनुभूतिलाई नै ठ्याक्कै तोकेर बहस, व्याख्या भएको छैन । वर्डस्वर्थ भन्छन्– अनुभूतिको स्वस्फूर्त अभिव्यक्ति नै कविता हो । कुरा स्पष्ट छ, हरेक साहित्यिक सिर्जनामा अनुभूतिको उपस्थितीले मात्र सिर्जना आफैमा मुर्त बन्दछ । तर साहित्यमा पनि सिधै जिवनमा भएका कतिपय अनुभूतिलाइ सिधै लेखिएका र कतिपय अनुभुतिलाई अन्य विषय वस्तुसँग समायोजन गरेर लेखिन्छ । नेपाली साहित्यमा झमक घिमिरेको जीवन काँडा कि फुल, जगदीश घिमिरे को अन्तर्मनको यात्रा लगायत अन्य धेरै कृतीहरुमा प्रत्यक्ष अनुभुतिलाई उतारिएको छ । जिवन बाच्ने क्रममा हरेक पल के हि न केहि नयाँ कुरा भइ नै रहेको हुन्छ, हामिले अनुभुत गरि रहेका हुन्छौं । ति कुरालाई नै शब्दमा उतारेर सिर्जना बन्ने हुन् तर त्यहाँ बौद्दिकता, कल्पनासिल्ता , विषय वस्तु, सिद्दान्तको भुमिका भने अवश्य रहन्छ । लेखकले कुनै पनि विषयमा लेख्नु भन्दा पहिले त्यो विषयको बारेमा सुरुमा त जानकार हुनु पर्यो, जानकार हुनु नै अप्रत्यक्ष रुपमा आन्तरिक अनुभुत गर्नु हो । अनुभूति हुनको लागी प्रत्यक्ष घटना घट्नै पर्छ भन्ने हुदैन । मान्छेले प्रत्यक्ष भोगेको कुरा मात्र अनुभुत गर्दैनन् । कुनै पनि उपन्यासकारले ले काल्पनिक उपन्यास लेख्दै छ भने त्यो उपन्यासमा उपस्थित हुने पात्रहरुले जे जति अनुभूति गर्छन त्यो त उपन्यासकार ले पनि अनुभुत गरेकै हुन्छ । साहित्यिक सिर्जनाहरु अनुभूति कै सामान्यिकण हो । त्यसैले साहित्यको कुनै पनि बिधामा अनुभूति को भुमिका व्यापक रहन्छ । हामी भन्छौं, अनुभूति जीवनको समग्रता हो । अनुभूतिले नै जीवनको सम्पुर्णता र सत्यतालाई थेगी रहेको हुन्छ । जीवनको सापेक्षताको केन्द्रबिन्दु नै अनुभूति हो । जीवन बाचेर स्थापित हुने ठाउँ समाज हो । समाजलाई सापेक्षित परिवर्तनको लागि पनि अनुभूतिको भुमिका रहन्छ । किनभने समाजको सकरात्मक परिवर्तनको लागि परिवर्तनको अनुभूति समाजले गर्न आवश्यक हुन्छ । समाज भनेकै मानव समुदायबाट निर्मित हुन्छ । त्यसैले समाजलाई मान्छेले चलायमान गरिरहेको हुन्छ भने मान्छेलाई अनुभूतिले निर्देशित गरिरहेको हुन्छ । त्यही समाजको अनेक परिघटनाहरुको केन्द्र बिन्दुमा रहेर साहित्य सिर्जना हुन्छ । साहित्यको हरेक पाटोहरु मा अनुभूतिको उपस्थिती अनिवार्य भइरहेको हुन्छ । त्यसैले अनुभूतिलाई सान्दर्भिक बहस र व्याख्या गर्दै लगेमा नेपाली साहित्य र चिन्तन क्षेत्र अझै फराकिलो बन्दै जानेछ । अनुभूतिलाई मुर्त रुप दिनको लागि बहसको वातावरण निर्माणको तयारीमा छौं । त्यसैले सम्पूर्ण नेपाली लेखक, समिक्षक, समालोचन, चिन्तक, पाठक सम्पुर्णको माझमा खुला बहस को लागी अनुरोध गर्दछौं । –केरुङ गणेश हाङसेम Kerungg7@gmail.com

अनुभूति केरुङ गणेश हाङसेम नेपाली साहित्य बहस