प्रविधि

द्वारीखोला जलविद्युत् आयोजना सम्पन्न

द्वारीखोला जलविद्युत् आयोजना सम्पन्न
चैत्र–१७ । दैलखेको नौमुलेमा रहेको द्वारीखोला जलविद्युत् आयोजनाको निर्माणकार्य सम्पन्न भएको छ । निर्माण सम्पन्न सो आयोजनाले परीक्षणकारुपमा विद्युत् उत्पादनसमेत सुरु गरेको छ । सदरमुकामदेखि १७ किलोमिटरको दुरीमा रहेको द्वारीखोलाबाट ३.७५ मेगावाट बिजुली उत्पादन सुरु भएको हो । द्वारीखोला आयोजनाको निर्माणकार्य तीन वर्षअघि सुरु गरिएको थियो । रु ७५ करोडको लागतमा सो आयोजना निर्माण सम्पन्न भएको आयोजनाका प्रमुख सौरभ अर्यालले जानकारी दिए । यस्तै, ४.५ मेगावाट क्षमताको पादमखोला जलविद्युत् आयोजनाको निर्माणकार्य सुरु भएको छ । अवलपराजुलमा पाँच मेगावाट क्षमताको अर्को आयोजनाको निर्माणसमेत सुरु गरिएको छ ।  

जलविद्युत् आयोजना द्वारीखोला