अपराध सुरक्षा

गुठी संस्थानका सूचना अधिकृत घुससहित पक्राउ

गुठी संस्थानका सूचना अधिकृत घुससहित पक्राउ
चैत्र–१३ । भक्तपुर गुठी संस्थानका सहायक प्रशासक एवं सूचना अधिकारी छत्रबहादुर पौडेल घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गुठी कार्यालयमा छापा मारेर पौडेललाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेका हुन् । चाँगु नगरपालिका ७ मा उमानाथ तिमिल्सेनाको नाममा रहेको गुठीको तीन रोपनी जग्गा उनका छोराहरुको नाममा नामसारी गर्ने क्रममा उनले घुस लिएको बताइएको छ । पौडेल विरुद्ध एक हप्ताअघि अख्तियारमा उजुरी परेपछि उनीमाथि निगरानी भइरहँदा आइतबार दिउँसो २ बजेतिर पौडेलले ५० हजार लिँदै गर्दा आयोगको टोलीले फेला पारेको हो । ३०६ नम्बर कित्ता रहेको उक्त जग्गा नामसारी गर्न पैसा नलाग्ने भए पनि सेवाग्राहीले पहिले पाँच हजार दिँदा पौडेलले त्यति थोरै रकम खाने मान्छे नभएको भन्दै काम रोकेको सेवाग्राहीले अख्तियारमा उजुरी गरेका थिए ।

घुस छत्रबहादुर पौडेल पक्राउ भक्तपुर गुठी संस्थान