भिडियो राजनीति

‘बाबुराम भट्टराई जस्तो सर्वश्रेष्ठ अरु कुनै नेता छैनन्’ (भिडियोसहित)

‘बाबुराम भट्टराई जस्तो सर्वश्रेष्ठ अरु कुनै नेता छैनन्’ (भिडियोसहित)

कुनै पनि पार्टीमा विवाद आउनु सामान्य कुरा हुने नयाँ शक्ति नेपालका नेता मदन राईले बताएका छन् । पार्टीमा विभिन्न ठाउँबाट आएका वौद्धिक व्यक्तिहरुबीच हुने घर्षणका कारण विवाद हुनु सामान्य भएको नेता राईले जिकिर गरेका हुन् । नयाँ शक्ति पार्टीमा पनि विभिन्न वौद्धिक क्षेत्रबाट आएका मानिसको प्रतिनिधित्व रहेकोले यहाँ पनि केही भित्रि विवाद रहेको उनले उल्लेख गरे । ‘नयाँ शक्तिमा भाषा, अर्थ, कृषी र ईन्जिीनियरिङलगायतका क्षेत्रको सीप आर्जन गरेका र विभिन्न क्षमताका व्यक्तिहरुको प्रतिनिधित्व छ,’ उनले अगाडि थपे, ‘सबै वर्ग र क्षेत्रको ज्ञान भएका मान्छेहरु भएका ठाउँमा विचारको घर्षण हुन्छ । धेरै छलफल र विवाद हुन्छ । त्यही छलफल र विवादले निष्र्कष निकाली समाधानको बाटो खोजिन्छ ।’ प्रत्यक्ष निर्वाचित, लोकतन्त्र र आर्थिक नीति गतिशिल भएकाले नयाँ शक्तिले नै देश बनाउने नेता राईले दाबी गरे । पछिल्लो समयमा केहि नेता नअटाउनुले नयाँ शक्तिमा विवाद भएको बुझ्नु आवश्यक नरहेको उनका तर्क छ । ‘नेपालका प्रमुख दलमा विज्ञान, कृषि र प्राविधिक ज्ञान भएका नेता छैनन् । त्यसैले ती दलहरुबाट देश विकासमा सम्भव छैन् ।’ उनले भने– ‘तर, हाम्रो पार्टीमा सबै क्षेत्र बुझेका, सीप भएका र गरेर देखाएका व्यक्तिहरु छन् ।’
नेता राईले एक फरक प्रशंगमा रामेश्वर खनालले पार्टी छोडेर अन्तै कतै नगएको बताए । सामान्य कुरामा विवाद भएर खनालले मन दुखाएको राइको तर्क छ । ‘खनालजस्तो देशमा अरु कुनै अर्थविद् छैनन् । उनी नयाँ शक्तिका मात्र हैन, देशकै होनहार व्याक्ति हुन । उनीबाट देशको अर्थ व्यवस्थासमबन्धी ज्ञान सबैले लिनू जरुरी हुन्छ ।’ बाबुराम भट्टराई तानाशाही नभएको उनको तर्क छ । पार्टीमा धेरै प्रवृति बोकेका मान्छेहरु भएकाले केही कुरा नबुझ्दा उनीमाथि आरोप लाग्ने गरेको उनी बताउछन् । ‘ भट्टराई समकालिन नेताहरु मध्ये सबैभन्दा बढी ज्ञान, सीप र क्षमता भएका मान्छे हुन् ।’ उनले भने–‘ बाबुरामले जस्तो राजनीतिमा सर्वश्रेष्ठ भुमिका कसैले खेलेको छैन् ।’ उनी देश समृद्ध बन्न धेरै वर्ष नलाग्ने तर्क गर्छन् । सबैले आफूसँग भएको सीप र ज्ञान प्रयोग गर्ने हो भने संसारकै समृद्ध देश २० वर्षमै बन्छ । ‘खनाल भट्राई र म जस्ता हरेक क्षेत्रका विज्ञहरु हाम्रो पार्टीमा छन् ।’ उनले भने–‘ खनाल देश बन्नेमा आशा बोकेर निराश हुने मान्छे होइनन् । निरन्तर देश समृद्ध प्रयास गर्ने मान्छे हुन् । उनलाई कुनै पद र प्रतिष्ठाको लोभ छैन् । उनी अर्थनीतिमा देशकै धरोहर हुन् ।’ उनी विश्वको धेरै देश र नेपालको ७५ वटै जील्ला घुमेको हुनाले देश कसरी समृद्ध बनाउने ज्ञान भएको बताउछन् । भन्छन्–‘ अरु देश भन्दा सबै स्रोत साधनले नेपाल अगाडि छ । सबै लाग्ने हो भने सुनको थाल बोकेर बालुवाको मरुभुमीमा जानु पर्दैन् ।’

baburam bhattarai madan rai naya shakti