समाज

ब्राउन सुगरसहित दुई जना पक्राउ

ब्राउन सुगरसहित दुई जना पक्राउ
फागुन–२९ । लागु औषध ब्राउन सुगर सहित प्रहरीले दाङको घोराहीबाट दुई जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका १८ रझेना निबासी ३० बर्षिय बसन्त सेजवाललाई २२ पुरीया र घोराही उपमहानगरपालिका २ कुईरेपानीका भुपबहादुर बुढा मगरलाई २१ पुरीया ब्राउन सुगर सहित पक्राउ गरेको हो । ब्राउन सुगर सहित पक्राउ गरेका बुढामगरको साथबाट प्रहरीले रा ३ प ३४९६ नम्बरको मोटरसाईकल र ११ हजार ६ सय नगद रुपैयाँ समेत बरामद गरेको जनाइएको छ । पक्राउ परेका दुवैलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय दाङमा पठाइएको वडा प्रहरीले जनाएको छ ।

दाङ पक्राउ ब्राउन सुगर