पर्यटन

पर्यटन क्षेत्रलाई व्यवस्थित बनाइनुपर्ने — मन्त्री गिरी

पर्यटन क्षेत्रलाई व्यवस्थित बनाइनुपर्ने — मन्त्री गिरी
२७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीले मुलुकको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्वपूर्ण योगदान रहेकाले यसलाई व्यवस्थित बनाउनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लबले शनिबार आयोजना गरेको अन्तक्र्रियामा उनले पर्यटन क्षेत्रको विकासका लागि मुलुकमा शान्ति र स्थिरता आवश्यक रहेको बताए । मन्त्री गिरीले नेपालको जैविक विविधता, प्राकृतिक सौन्दर्य, रमणीय स्थल, कला, संस्कृति तथा सम्पदास्थलप्रति पर्यटक आकर्षित हुने हुँदा त्यसलाई अन्तर्रा्ष्ट्रिय तहमा सही सूचना प्रवाह गर्न सरकारले निजी क्षेत्रका व्यवसायीसंग समन्वय गर्ने बताए । यसअघि मन्त्री गिरीले आजै मन्त्रालय गई पदबहाली गरेका थिए । सो अवसरमा उनले देश विकासका लागि पर्यटन क्षेत्रले बहुआयामिक प्रभाव पार्ने हुँदा जनतालाई केन्द्रविन्दुमा राखेर कार्य गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिए ।

dil nath giri