प्रविधि

यी हुन संसारमा सबैभन्दा धेरै विक्रि भएका मोबाइल फोन

यी हुन संसारमा सबैभन्दा धेरै विक्रि भएका मोबाइल फोन
१९९६– मोटोरोलाको फ्लिप मोडलको स्टार टेक फोन ६ करोड प्रति बिक्री भएको थियो । १९९८ – नोकियाको ५११० मोडलको सेट १६ करोड प्रति बिक्री भएको थियो । १९९९ – एन्टेनायुक्त नोकिया–३२१० मोडलको सेट १६ करोड प्रति बिक्री भएको थियो । २००० – नोकियाले फेरि उत्पादन गर्न लागेको ३३१० मोडलको सेट त्यति बेला १२ करोड ६० लाख प्रति बिक्री भएको थियो । २००३ – सस्तो र लामो समय ब्याट्री टिक्ने नोकिया–११०० मोडलको सेट २५ करोड प्रति बिक्री भएको थियो । २००४ – त्यो बेलाका डेस्कटपका केही टुल समावेश गरेर नोकियाले उत्पादन गरेको २६०० मोडलको सेट १३ करोड ५० लाख प्रति बिक्री भएको थियो । २००५ – विकासशील राष्ट्रहरूलाई लक्षित गरेर नोकियाले तयार पारेको १११० मोडलको सेट २५ करोड प्रति बिक्री भएको थियो । २००६ – नोकियाको १६०० मोडलको सेट १३ करोड प्रति बिक्री भएको थियो । २००७ – ३ सय ६० घण्टा ब्याट्री ब्याकअप दिने नोकियाको १२०० मोडलको सेट १५ करोड प्रति बिक्री भएको थियो । २००८ – एप्पलको थ्रिजी सपोर्ट गर्ने सुविधासहितको थ्रिजीएस मोडलको सेट १ करोड २० लाख प्रति बिक्री भएको थियो । २००९ – एप्पलको थ्रिजीएस मोडलकै बिक्री सर्वाधिक रह्यो । यो वर्ष उक्त मोडलको सेट ३ करोड ५० लाख प्रति बिक्री भएको बताइन्छ । २०१० – नोकियाले संगीत पारखीहरूलाई मध्यनजर गरेर निकालेको नोकिया ५२३० मोडलको सेट १५ करोड प्रति बिक्री भएको थियो । २०११ – एप्पलको आइफोन फोरएस मोडलको ब्याट्रीलाई लिएर गुनासो सुनिए पनि उक्त सेट ८ करोड ३० लाख प्रति बिक्री भएको थियो । २०१२ – सामसुङले क्वाडकोर प्रोसेसरसहित उत्पादन गरेको एस टु तथा एस थ्री ४ करोड प्रति बिक्री भएको थियो । २०१३ – सामसुङकै ग्यालेक्सी एस फोर मोडलको सेट ४ करोड प्रति बिक्री भएको थियो । २०१४ – एप्पलको आईफोन सिक्स र सिक्स प्लसको मोडल ७४ करोड ५० लाख प्रति बिक्री भएको थियो। २०१५ – यो वर्ष पनि एप्पलको आईफोन सिक्स तथा सिक्स प्लसले नै बजारमा आफ्नो अधिपत्य जमाए भने सामसुङको ग्यालेक्सि एस सिक्स पनि सर्वाधिक बिक्रीको होडमा थियो ।

World Best Seller Phone