विदेश

पाकिस्तानमा आतंककारीको क्रुर हमला ७२ जनाको मृत्यु दर्जनौं घाइते

पाकिस्तानमा आतंककारीको क्रुर हमला ७२ जनाको मृत्यु दर्जनौं घाइते

फागुन ६ । पाकिस्तानमा इस्लामिक अतिवादी समूह इस्लामिक स्टेटले आत्मघाती आक्रमण गराइ दर्जनौंको हत्या गरेको छ ।

दक्षिणी सिन्ध प्रान्तको निकै चर्चित सूफी दरगाहमा गराइएको आत्मघाती विष्फोटमा कम्तीमा ७२ जना मारिएका छन् । घटनामा दुई सय ५० भन्दा बढी घाइते भएका छन् ।

सेहवन शहरस्थित सूफी सन्त लाल शाहबाज कलन्दरका दरगाहमा भक्तजनको भीड भएको स्थानमा आक्रमणकारीले आफैंमाथि विष्फोट गराएको प्रहरीले जनाएको छ । सो घटनाको प्रधानमन्त्री नवाज शरीफले निन्दा गरेका छन् । घटनामा संलग्नलाई नछाडिने प्रतिक्रिया शरीफले दिएका छन् ।आईएसले ट्विट गरी घटनाको जिम्मेवारी लिएको हो । यस घटनापछि अरु दरगाह बन्द गरी सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

यसै हप्तामात्र लाहौरमा पञ्जाब विधान सभानजिक तालिबानले गराएको विष्फोटमा १३ जना मारिएका थिए ।

Pakistan