अपराध सुरक्षा

प्राचिन बुद्धको मुर्ती र वन्यजन्तुको अंगसहित ४ पक्राउ

प्राचिन बुद्धको मुर्ती र वन्यजन्तुको अंगसहित ४ पक्राउ
फागुन – ५ । प्राचिन बुद्धको मुर्ती र वन्यजन्तुहरुको अंगसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुद्धको मुर्ती र वन्यजन्तुहरुको अंगको बिक्रीबितरण भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई बुधबार कागेश्वरी–११ बाट बुद्धको मुर्ती १ थान र दुर्लभ वन्यजन्तुको अंग जस्तो देखिने पन्जा १ थानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक, गाती–५ घर भई हाल काठमाडौं मनोहरा बस्ने ३५ बर्षीय अर्जुन मगर, सिन्धुपाल्चोक, मार्मिङ–१ घर भई हाल काठमाडौं मनोहरा बस्ने २३ बर्षीय रामशरण मगर, चितवन, भरतपुर नगरपालिका–२ घर भई हाल बालाजु बस्ने ५० बर्षीय काले गुरुङ र ३३ वर्षीया ईन्दु गुरुङ रहेका छन् ।

पक्राउ