अपराध सुरक्षा

विदेशी मुद्रासहित एक युवक पक्राउ

विदेशी मुद्रासहित एक युवक पक्राउ
फागुन - ४ । विदेशी मुद्रा १३ हजार १८० युरोसहित प्रहरीले एक युवकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । कतार एअरवेजको उडानबाट काठमाडौं–दोहा हुँदै जर्मनी जान लागेका चन्द्रागिरि नगरपालिकाका सुरजकुमार राईलाई मंगलबार विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । राईले आफ्नो हातेझोलामा किताबभित्र लुकाइ–छिपाइ लैजान लागेको अवस्थामा जाँचका लागि एक्सरे गर्नेक्रममा उक्त मुद्रा फेलापरेको प्रहरीले जनाएको छ ।

पक्राउ