राजनीति

गणतन्त्रलाई सुदृढ बनाउन निर्वाचन आवश्यक : एमाले उपाध्यक्ष शाक्य

गणतन्त्रलाई सुदृढ बनाउन निर्वाचन आवश्यक : एमाले उपाध्यक्ष शाक्य
फागुन–४ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले तीनै तहको निर्वाचन गरेर लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएकी छन् । एमाले प्रचारप्रसार विभाग र प्रेस चौतारी नेपालको आयोजनामा भएको प्रेस चौतारी नेपालको प्रदेश नं ३ स्तरीय प्रचार भेलालाई ललितपुरमा आज सम्बोधन गर्दै उनले अहिलेको देशको व्यवस्था प्रणालीलाई स्थायित्व बनाउनका लागि निर्वाचन अपरिहार्य भएको बताइन् । 'व्यवस्था परिवर्तनसँगै हामीले उपलब्धिलाई बलियो बनाउन सकेनौँ' उनले भनिन्, 'मुलुकको व्यवस्थालाई बलियो र समृद्धि बनाउन निर्वाचन नै एकमात्र विकल्प हो ।' उनले व्यवस्था परिवर्तन मात्र भएर मात्र मुलुक अगाडि बढ्न नसक्ने बताउँदै व्यवस्थासँगै राजनीतिक दलका नेतामा मुलुक बनाउने सोचाइमा परिवर्तन आउनुपर्ने धारणा राखिन् । उनले निर्वाचन नगर्न सरकारले अनेक बहाना बनाइरहेको भन्दै तीनै तहको एकैपटक निर्वाचन घोषणा गर्न माग गरिन् । रासस

अष्टलक्ष्मी शाक्य गणतन्त्र निर्वाचन