समाज

मोटरसाइकल चोरी गर्ने तीन व्यक्ति पक्राउ

मोटरसाइकल चोरी गर्ने तीन व्यक्ति पक्राउ
फागुन–२ । मोटरसाइकल चोरी गरी फरार रहेका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । डडेल्धुरा बागबजार क्षेत्रमै रहेको सार्वजनिक पुस्तकालय आगाडि पार्किङमा राखिएको से १ प ७७८७ नंको रामबहादुर शाहीको मोटरसाइकल गत माघ २५ गते राति चोरी भएपछि परेको उजुरीअनुसार प्रहरीले चोरीमा संलग्न रौलेश्वर गाविस–१, बैतडीका मुकेशप्रसाद भट्ट, अमरगढी–५का यज्ञराज पाठक र भारत भुरेखाम घर भई हाल अमरगढी नगरपालिकाको स्याउले बस्दै आएका मुन्ना खानलाई सार्वजनिक गरेको हो । सार्वजनिक गरिएका तीनैजनालाई भिन्न–भिन्न ठाउँबाट समातेको र चोरी भएको मोटरसाइकल कैलालीको घोडाघोडी नगरपालिका–४ करैचामा अर्कै व्यक्तिको घरमा लुकाइछिपाइ राखेको अवस्थामा फेला पारेको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए । चोरी कार्यमा समातिएका तीनैजनाको अन्य आपराधिक गतिविधिका बारेमा पनि अनुसन्धान भइरहेको उपरीक्षक शाहीले जानकारी गराए । रासस

पक्राउ मोटरसाइकल चोरी