समाज

पेस्तोल र ३ राउन्ड गोली सहित मियाँ पक्राउ

पेस्तोल र ३ राउन्ड गोली सहित मियाँ पक्राउ
फागुन–१ । ज्यान मार्ने उद्योग मुद्दामा फरार एक व्यक्तिलाई प्रहरीले आर्इतबार हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर योगिनीमाई नगरपालिका–७ गोबरगाढा निवासी ३८ वर्षीय जसमुल भनिने नसरुल मियाँ रहेको प्रहरीले जनाएको छ । गोप्य सूचनाका आधारमा इप्रका, हनुमाननगरबाट खटिएको प्रहरीको टोलीले कोसी पलारमा लुकी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए । पक्राउ परेका मियाँका साथबाट एक थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने तीन राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मियाँलाई अनुसन्धानका लागि जिप्रका, सप्तरीमा राखिएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिएका छन् । रासस

नसरुल मियाँ पक्राउ सप्तरी