मनोरञ्जन समाचार

हिमालयन रोडिजको रजिस्ट्रेसन खुल्ला, निशुल्क रजिस्ट्रेजन

हिमालयन रोडिजको रजिस्ट्रेसन खुल्ला, निशुल्क रजिस्ट्रेजन
फागुन १ । हिमालयन टिभीबाट प्रशारण हुन लागेको हिमालयन रोडिजको रजिस्ट्रेसन धमाधम सुरु भइसकेको छ । भारतीय टेलिभिजन सो एमटिभी रोडिजको नेपाली प्रशंशक धेरै थिए । त्यस्तै अब नेपालमा पनि रोडिज सुरु हुने भएको छ । रियालिटि सो पल्सर डेयर भेन्चर आउन थालेदेखि नेपालमा पनि यस्ता कार्यक्रमहरुले राम्रो स्थान पाउन थालेका छन् । त्यस्तै यस्ता कामर्यक्रममा सहभागी भएर आफ्नो कला देखाउनको लागि हिमालयन रोडिज पनि एक सुनौलो अवसर बनेर आएको छ । रोडिजको बिजेतालाई २० लाख नगद, एउटा बजाजको एभेन्जर मोटरबाइक र सिंगापुरको राउण्ड ट्रिप टिकेट उपलब्ध हुनेछ । रोडिजका जजहरुमा अभिनेत्री दिया मास्के, र्यापर आशिष राना(लाउरे) र काकलार तथा मिडिया व्यक्तिव रेमोन दास श्रेष्ठ रहेका छन् । विशेषगरि रोडिज युवालाई नजरमा राखेर ल्याइएको शाहसिक खेलसम्बनधी रियालिटि सो हो । यसको अडिसन नेपालका पाँच शहरमा हुँदै छ । मार्च १ मा पोखरा, मार्च ४ मा बुटवल, मार्च ६ मा चितवन, मार्च ९ मा धरान गरेर १३ र १४ मार्चमा काठमाडाँैमा हुँदै छ । रजिस्ट्रेसन फारम बजाज स्वरुम, एनसेल सेन्टर र एसबीआइ बैंकका सबै शाखामा उपलब्ध गराइएको छ । यो बाहेक हिमालयन टिभी डट कममा गएर पनि अनलाइन फरम भर्न सकिन्छ । रजिस्ट्रेसनको निशुल्क भर्न सकिनेछ । रजिस्टर गराइसकेपछि हिमालयन रोडिज टिमद्वारा रजिस्टर गराउनेहरुको योग्यता र अभिनयबाट छनौट गरिनेछ । यसका साथै उनीहरको अन्तर्वाता पनि लिइनेछ ।

himalayan rodies