अपराध सुरक्षा

३८ लाख रुपैयाँसहित एक भारतीय समातिए

३८ लाख रुपैयाँसहित एक भारतीय समातिए
माघ - २९ । सशस्त्र प्रहरी बेस क्याम्प गोलबजारले ३८ लाख रुपैयाँसहित एक जना भारतीयलाई पक्राउ गरेको छ । भारतको विहार मधुमनीका पुजनराम मोचीलाई धनगढीमाई नगरपालिका–१० जिरोमाइलबाट ३८ लाख रुपैयाँसहित शनिबार पक्राउ गरेको हो । गस्तीमा रहेको सशस्त्र प्रहरीले शंका लागेर चेक गर्दा कपडाको थैलोमा पोकोपारी बोकेको अवस्थामा ३८ लाख रुपैयाँसहित पक्राउ गरेको सशस्त्र प्रहरी वेसक्याम्प गोलजारले जनाएको छ । पक्राउ परेका मोचीले उक्त रकम आफूलाई मधुवनीका शंकर सहनी नाम गरेका किराना पसलेले गोलबजारका एक व्यवसायीलाई पुर्याउनको लागि पठाएको बताए । उनीमाथि सम्पत्ति शुद्धिकरण ऐन अन्तर्गत मुद्दा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ