समाचार

बुद्ध एअरको दादागिरीः जहाज हाइज्याकको नाटक गरेर रनवेमै यात्रु गलत्याइयो (भिडियोसहित)

बुद्ध एअरको दादागिरीः जहाज हाइज्याकको नाटक गरेर रनवेमै यात्रु गलत्याइयो (भिडियोसहित)

माघ २९ । बुद्द एयरले आफ्नो फाइदाका लागि दर्जनौ यात्रीहरुलाई बिचल्ली बनाएको एक भिडियो फुटेज भाइरहल भएको छ । दिउसो २ बजेर ३० मिनेटदेखि उडाउने उडाउने भन्दै बेलुका ५ बजे फ्लाईट क्यान्सिल भयो भनेर भनेपछि यात्रुहरु आक्रोशित बनेका हुन । बुद्द एयरका कर्मचारी र यात्रुहरुबिच भनाभन समेत भएको छ । उक्त भनाभन दृश्यको भिडियो यात्रुले फेसबुकमा खिचेर हालेपछि उक्त घटना सामाजिक सञ्जालमा भाइरल भएको हो ।

प्लेन हाईज्याक भयो भन्दै कर्मचारीहरुले यात्रुहरुलाई ओरालेको आरोप भिडियोमा सुन्न सकिन्छ । त्यस्तै अन्य यात्रुहरुले प्राईभेट कम्पनी खोलेर मनपरी गर्ने, जनतालाई दुख दिने भनेर आक्रोसित बनेका छन् । फ्लाईट क्यान्सिल हुनुको कारण क्षमताभन्दा बढी यात्रुको टिकट बुक गरेको भन्ने बुझिएको छ । उक्त दृश्य कुन ठाउको हो भन्ने भिडियोमा उल्लेख गरेको छैन ।