समाज

भूकम्प प्रतिरोधात्मक भवन निर्माणसम्बन्धी तालिम सम्पन्न

भूकम्प प्रतिरोधात्मक भवन निर्माणसम्बन्धी तालिम सम्पन्न
माघ–२७ । यही माघ २१ गतेदेखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र नेपाली सेनाको संयुक्त आयोजनामा सञ्चालन भएको भूकम्प प्रतिरोधात्मक भवन निर्माणसम्बन्धी तालिम बिहीबार सकिएको छ । सहरी विकास तथा भवन निर्माण विभाग र सेनाको इन्जिनियर विभागका प्रशिक्षकद्वारा संयुक्त रुपमा सेनाका एक सय ९२ जनालाई सो तालिम प्रदान गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । तालिमपछि उक्त टोली भूकम्पबाट अति प्रभावितमध्ये सिन्धुली, रामेछाप र ओखलढुङ्गामा परिचालन गर्ने व्यवस्था मिलाइएको छ । रासस

तालिम निर्माण भूकम्प प्रतिरोधात्मक भवन