समाचार

देउवाका छोरालाई खुट्टामा लाग्यो चोट, भेट्न बेलायत नै पुगिन् आरजु

देउवाका छोरालाई खुट्टामा लाग्यो चोट, भेट्न बेलायत नै पुगिन् आरजु

माघ २६ । संयोग पनि कस्ता भने ०४६ सालको परिवर्तनका बेला उनी लण्डन स्कुल अफ इकोनोमिक्समा पढ्दै थिए । अहिले चौथोपटक बाबु प्रधानमन्त्री हुने पूर्वसन्ध्यामा बेलायतको पढाईलाई छोराले निरन्तरता दिँदै छन् । नाम हो जयवीर सिंह देउवा । कांग्रेस सभापति शेरबहादुर देउवाका एक्ला छोरा । लन्डनबाट गाडीमा छ सात घण्टाको उत्तरी दूरीमा अवस्थित योर्क युनभिर्सिटीमा म्यानेजमेन्टतर्फ ग्य्राजुएसन गर्दै छन् । पढाईमा अब्बल र खेलकुदका सोखिन । फुर्सदको समयमा फुटबल खेल्दा चोट लागेपछि आमा आरजु राणा भेटन पुगिन । यता, संसदका सबै बैठक छाडेर दुई हप्तादेखि ढुक्कै दूतावसमा बसेकी देउवा पत्नीले यसबीच छोराको के कस्तो उपचार गरिन सोको विवरण आइसकेको छैन । बेलायतकै इटन कलेजमा पूर्वयुवराज दीपेन्द्रले पनि स्कुल शिक्षा हासिल गरेका हुन् । त्यतिबेलाका केटाकेटी उमेर, बदमासी गर्यो भनेर आमा ऐश्वर्य सम्झाई बुझाई गर्न गएकी थिइन् । –जनआस्था साप्ताहिकबाट