समाचार

सात वर्ष साउदीको जेलमा बसेर फर्किँदा श्रीमती त अरु नै कसैसँग गइसकिछन्

सात वर्ष साउदीको जेलमा बसेर फर्किँदा श्रीमती त अरु नै कसैसँग गइसकिछन्

चरम बेरोजगारीका कारण वर्षेनी लाखैँ नेपाली युवाहरू खाडीलगायतका देशमा श्रम बेच्न बाध्य हुन्छन् । मीठो सपना देखेर साहुको ऋण उठाएर गएका उनीहरूले भोक प्यास नभनि तातो गर्मीमा काम गर्न बाध्य हुन्छन् । ओठमुख सुकाएर काम गर्दा पनि जाँदा लागेको ऋणसमेत तिर्न सक्दैनन् । विदेशमा बसेर काम गर्दागर्दै कतिपय नेपालीले बीना कसुर जेल सजाय भोग्नु समेत परेको हुन्छ । त्यसको उदाहरण हुन भर्खरै साउदी जेलबाट छुटेर फर्किएका १० जना नेपाली । जेल सजाए भोगेका ती १० जनालाई नेपाल सरकारले अघिल्लो साता फिर्ता ल्याएको थियो । जेल छुटेर नेपाल आएपछि उनीहरुले प्रधानमन्त्रीसँग भेटेर जीवनरक्षाको राहत मागेका थिए । उनीहरु १० मध्य वीरबहादुर बुढाथोकी, भिमप्रसाद चिमोरिया र रामबहादुर तामाङलले साउदी जेलको यातनाको बारेमा वर्णण गरेका छन् । उनीहरुले नेपालआजसँग गरेको कुराकानीको सम्पादित अंश– मेरो नाम वीरबहादुर बुढाथोकी हो । घर ओखलढुंगामा पर्छ । म सन् २००७ मा साउदी गएको थिए । घरमा धेरै ऋण थियो । आम्दानीको श्रोत थिएन । बुबाआमा दुबै जना बिरामी भएकाले उपचार गर्ने खर्चसमेत थिएन । विवाहित भएकाले जिम्मेवारी पनि थपिएको थियो । विदेश नगई नेपालमा बसेर परिवार पाल्ने बिकल्प नै थिएन् । बुबाआमाको उपचार गर्छु, घरपरिवारलाई सुख दिन्छु, भएको सबै ऋण तिर्छु भनेर मैले विदेश जाने निर्णय लिएँ । विदेश जानको लागि सयकडा ३ मा ऋण लिएँ ।
[nepalaja_video type="youtube" id="vLARaeNrIBw" width="700px"]
सुरुको ५ महिना काम नै पाइएन् हामी यहाँबाट जादाँ १५० जना गएका थियौँ । साउदी पुग्दा सुरुको ५ महिना बिचल्ली परियो । कम्पनीले काम दिएन् । जंगलको झाडीमा टहरो बनाएर ५ महिना राख्यो । ५ महिनासम्म जम्मा दिनको ४ वटा रोटी दिन्थ्यो । एक एक वटा गरेर एक डाडु तरकारीसँग दिनमा ४ चोटी रोटी दिन्थ्यो । उनीहरुले दिने तरकारी भैसीको खोलेभन्दा पनि नमिठो र फोहोर हुन्थ्यो । बाँच्नको लागि त्योपनि खानुपथ्र्यो । ५ महिनापछि बल्लतल्ल काम दियो । तर,सुपर मार्केटमा भनेर लगेको बिल्डिङ बनाउने ठाउँमा काम दियो । त्यो काम गर्ने ठाउँ एकदम डरलाग्दो थियो । यहाँबाट ७ सय प्लस र २ सय तलब आउछ भनेको त्यहाँ त मात्र ३ सय दियो । त्यसैमा हामीले खानेबस्ने गर्नुपथ्र्यो । ड्युटी १० घण्टा भन्दा बढी गर्नुपथ्र्यो । त्यती थोरै तलबमा तेत्रो धेरै काम गर्दा घरको ऋण तिर्ने अवस्था थिएन । किन यस्तो काम लगाइस् भनेर हामीलाई पठाउने म्यानपावरलाई फोन गर्दा उसले केही जवाफ दिदैनथियो । नेपालमा फोन गरेको थाहा पाएर त्यहाँ काम लगाउने कम्पनीले अब नेपाल फोन गरिस् भने मारिदिन्छु धम्क्यो पनि । हामीले केही भाषा नबुझ्ने भएकाले जे भने पनि मान्नुपथ्र्यो । काम गर्दा पनि मरिने भन्ने डर थियो ।
घर फर्कन्छु भन्दा मारिदिन्छु भन्थ्यो त्यहाँ काम गर्दा घर फर्कने चान्स भएन । घर जान खोज्यो कि मारिदिन्छु भन्थ्यो । पैसा पनि खादै ठीक हुने । त्यो ठाउँमा काम गरेको एक महिनापछि हिम्मत गरेर भाग्न सफल भएँ । भागेपछि बल्लतल्लत अर्को कम्पनीमा काम पाए । यहाँ मासिक १५ सय तलब हुन्थ्यो । त्यो कम्पनीमा ८ महिना काम गरेँ। कमाई अलीअली भयो । विदेश अब जादिन जे गर्छु नेपालमै गर्छु भनेर घर फर्कने निधो गरेँ । पहिलाको कामबाट भागेको हुनाले घर फर्कन सजिलो थिएन् । घर फर्कनको लागि दलाललाई ४५ सय साउदी रियल बुझाएँ । उसले जसरी पनि घर फर्काइदिने विश्वास दिलाएको थियो । तर, ४५ सय लिएर दलाल भाग्यो त्यतिबेलासम्म मैलै घर पैसा पठाएको थिइन । मसँग भएको सबै पैसा दलालले खाएर भाग्यो । म फेरि रित्तो भए । घर फर्कने चान्स भएन् । त्यसपछि फेरि अर्को कम्पनीमा बिल्डिङ तोड्ने काम पाएँ । काम नगरी सुख थिएन् । नत बाच्ने आधार थियो, नत घरमा पैसा पठाउन सकेको थिएँ । काम गर्न थालेको १५ दिन नपुग्दै प्रहरी आएर पक्राउ गरेर लग्यो । किन पक्राउ ग¥यो भन्ने मलाई केही थाहा थिएन् ।
यातनाले पलपल मरेर बाँच्यौ पछि थाहा भयो धेरै नेपालीहरुलाई पक्राउ गरेको रै’छ । तर, पक्राउ पर्ने कसैलाई पनि किन पक्राउ गरेको भने कारण थाहा थिएन् । हामीले भाषाको कारणले गर्दा पनि दुःख पायौँ । भाषा जानेको भए त्यत्रो यातना दिदैनथियो कि ! त्यसपछि धेरै नै यातना दियो । पाइपले पिट्यो । करेन्ट लगाएर यातना दियो । पानी, कोल्ड ड्रिङ्क्सहरू खुवाउँदै पिट्यो । कुट्दा कुट्दै बेहोस हुन्थेँ । होसमा आउन नपाई पिट्न सुरु गथ्र्यो । पानी छ्याप्दै कुट्थ्यो । टाउको तल र खुट्टा माथी पारेर कुट्थ्यो । त्यो बेला कुटेको सम्झिँदा अहिले पनि डर लाग्छ । अहिले जीउ राम्रो चल्दैन । शरीर पूरै बिग्रिएको छ । ज्यान धेरै कमजोर भइसकेको छ । लगातार ३ महिना कुट्यो । त्यसपछि सेन्टर जेल लगेर हाल्यो । जेल पुगेपछि कुटाई कम भयो, तर यातना धेरै । त्यहा अरु नेपाली साथीहरुको हाल पनि उस्तै थियो । नेपाली देखेर मनमा आशा बढ्न थाल्यो । तर, सबै साथीहरुलाइै छुट्टै ब्लकमा राखेको थियो । त्यसले गर्दा मानसिक यातना झनै बढेर गयो । त्यहाँ मान्छेहरु काट्दा रहेछन् । प्रत्येक दिनजसो कैदीहरुलाई काट्दो रहेछ । त्यो जेलमा भएका धेरै कैदीहरुलाई दसैँको बोका काटेको जस्तो दिनहुँ काट्दा रहेछ । सँगै रहेको साथी विहान ब्युझिदा हुदैनथियो । कुन साथीलाई कतिखेर लगेर काट्छ पत्तै नपाइने । दिनहुँ हामी त्रासमा नै बाच्नु पथ्र्यो । बोल्नेसम्म गर्न नपाइने ।
हिन्दू धर्म परिवर्तन गर भन्दै कुट्थे हामीलाइ जहिल्यै पनि पिट्दा धर्म परिवर्तन गर भन्दै पिट्थ्यो । हिन्दुहरु सबैलाई सिध्याइदिन्छौँ । अब कोही हिन्दू यहाँबाट बाँचेर जादैन भन्थे। हिन्दू जति सबैको टुक्रा टुक्रा पारेर मासु बनाउछौँ भनेर डर देखाउँथे । उनीहरुले हिन्दू धर्मको कारणले गर्दा पनि धेरै यातना दिए । उनीहरुले हिन्दूहरुलाई देखिसहदैनन् थिए । एक जना कैदीलाई लिन करिब २ सयको संख्यामा पुलिसहरू आउँथे । कति साथीहरु काटिए यकिन छैन । हामी ८ बजेपछि थोरै ढुक्क हुन्थ्यौ, आजको दिन त बाँच्न सफल भइयो । भोली के हुन्छ ठेगान हुदैन थियो । प्रत्येक दिन, प्रत्येक पल यसरी नै दोहोरिन्थ्यो । हाम्रो त्रास कहिल्लै कम भएन । जेलको खाना रोटी र एक डाडु तरकारी हुन्थ्यो, त्यो पनि फोहोर । हामी चार पर्खालभित्र थुनिएका थियौँ । प्रत्येक दिनको यातनाले बाँच्ने आश थिएन् । जेल परेको सात वर्षसम्म घाम त के आकाशसम्म देख्न पाइएन् । सात वर्षको समय एक युग बितेजस्तो भयो । विरामी बुवाआमाको तस्विर झलझली आँखामा आउँथ्यो । घरपरिवार देशको यादले छाती भक्कानो पथ्र्यो । गरिब देशमा जन्मिएर अर्काको देशमा अनाहकमा सजाइ भोग्नुपर्दा देशको नेताहरुलाई धिक्काथ्र्यौँ । यस्तो अवस्थामा पनि हामीलाई भेट्न कोही आएन् ।
दूतावासको कर्मचारीहरु मोज गर्न जाने रहेछन् हामी जेल पर्नुको कारण भारतीय नागरिकको हत्या गरिएको भनिएको थियो । त्यो को थियो, कहाँको थियो, त्यसको हत्या कहिले र कहाँ भएको थियो, मलाई त्यसको केही जानकारी थिएन् । अनाहकमा मलाई जेलमा थुनेको थियो । हामी त्यसरी अनाहकमा जेल पर्दा दूतावासको कर्मचारीलाई फोन धेरै गर्यौ । नेपाली दूतावासका कर्मचारी हाम्रो बारेमा थाहा पाए पनि केही नगरी फर्कन्थे । भोली तिमीहरूको सुनुवाइ हुँदैछ भनेर हामीलाई राति ८ बजेतिर खबर गरिन्थ्यो । दूतावासमा खबर गर्दा दूतावासका कर्मचारीले उल्टै गाली गर्थे । हामीले दूतावसको कर्मचारीर्ला धेरै पटक फोन गर्यौ । उनीहरुसँग धुरुधुरु रोयौँ । उनीहरुले हाम्रो पनि जीवन छ, राति फोन गरेर डिस्र्टब नगर भन्दै फोन काट्थे । उनीहरुसँग मानवता भन्ने थिएन् । दूतावासको कर्मचारीहरु हरिश्चन्द्र घिमिरे, मानबहादुर थापा र एकजना अन्सारी थिए । उनीहरुले हामीलाई जति फोन गर्दा पनि गाली मात्रै गरिरहे । विदेशमा काम गर्ने कामदारलाई गाह्रो/साह्रो पर्दा सहयोगको लागि दूतावास हुन्छ भन्ने सुनेको थिए । त्यो हैन रहेछ, दूतावासको कर्मचारीहरु नेपाली युवाले रगत पसिना गाएर आएको रेमिट्यान्सको पैसाले मोज गर्न त्यहाँ बस्दा रहेछन् । हामीहरुले उनीहरुलाई आफ्नो आभिभावक जस्तै ठान्यौ, तर उनीहरु कहिल्यै हाम्रो पीडा बुझेनन् ।
[nepalaja_video type="youtube" id="JccV6IIe2O4" width="700px"]
घर भत्केको छ, श्रीमती अर्कैसँग हिडिछन् जसोतसो जेलबाट उम्केर आइयो । आफूलाई पनि सञ्चो छैन । घरमा बुवाआमा अत्यन्त बिरामी हुनुहुन्छ । भूकम्पले घर घत्केको रहेछ । विदेस जादा र अन्य ऋणको सयकडा ३ को ब्याज तिर्न नसक्ने भैसकेको रहेछ । यत्रो वर्षमा एक रुपैया कमाउन सकिएन । बिहे गरेको श्रीमती जेल परेको १४ महिनामा नै हिडिछन् । उनी हिड्नुमा मलाई केही गुनासो छैन् । किनकि, म बाँचेर फर्केर आउने आश नै थिएन् । अहिले घर पूरै भाताभुगं छ । ऋणमाथि ऋण छ, आम्दानीको श्रोत केही छैन । बस्नको लागि घरपनि छैन । विदेश गएर अनाहकमा दुःख पाइयोँ । म त भन्छु अब नेपाली संसारको कुनै पनि देश जानु नपररोस् । नेपाल जस्तो मानवता भएको देश संसारमा अरु कुनै देश छैन । बिदेश गएपछि नेपालीहरुकै मानवता हराउदो रहेछ । जीवनरक्षको लागि हामीलाई सरकारले केही गरिदिनुपर्छ । अब हामीसँग सरकारको बाहेक कसैको आश छैन । आफैँले कही गर्ने अवस्था छैन ।
साउदी जेलको यातना सम्झिदा पनि मन सिरिंग हुन्छ मेरो नाम भीमप्रसाद चिमोरिया हो । घर बिराटनगर हो । म अविवाहित छु । नेपालमा आम्दानी गर्ने ठाउँ थिएन । कुनै बाटो पनि देखिन । धेरै साथीहरुले खाडीबाट कमाएर उन्नती गरेका देखेको थिएँ । मलाई पनि कमाउने भूत चढ्याे । मीठो सपना बोकेर खाडी हानिएँ । साउदीमा दुई अढाइ वर्षसम्म राम्रै भयो । कमाई पनि राम्रै थियो । दुई वर्ष बितिसकेकाले घर फर्किने तरखरमा थिएँ । एक भारतीयलाई मारेको अभियोगमा भटाभट नेपालीहरूलाई पक्राउ गर्न थाल्यो । त्यसमध्ये म पनि एक थिएँ । मलगायत साउदी प्रहरीले ३ सय ५० जनाभन्दा बढी नेपालीलाई समायो । साउदी प्रहरीले मलाई रुमबाटै समातेको हो । हामी सबैलाई यातना उस्तै हो । तर, म र अर्को एकजना साथी श्री कुमार राईले धेरै यातना पायौँ । किनकि, मुद्दा मेरो नाममा दर्ता गरेको थियो ।
सात वर्षसम्म घाम देख्न पाइएन । अँध्यारो कोठामा मधुरो बत्ती बलेको ठाउँमा राख्यो । बाराम्बार कुटेर घटनालाई स्वीकार भन्थ्यो । त्यो यातना सम्झिदा अझै पनि जिउ सिरिंग भएर आउछ । उनीहरुको शारीरिक यातनाले मेरा शरीरका अंगहरु कुनै सधे छैनन् । म अझै कमजोर भएको छु । बेलाबेलामा रिंगटा लागेर बेहोस भएर ढल्छु । सेल्टर जेलमा मलाई १२ नम्बर ब्लकमा राखेको थियो । त्यो ब्लकमा मान्छे काट्दो रहेछ । विहान बेलुकी एक–एकवटा रोटी र दिउँसो थोरै भात दिन्थ्यो । त्यसैले भाेक मेटाउनु पर्थ्याे ।
एउटा साथीको लास बेपत्ता भयो सुनसरी घर उमेश श्रेष्ठ नाम गरेको साथी मसँगै बस्थ्यो । हामी २ वर्षसँगै बस्यौं । उसको नेपालमा कोही पनि छैन । ऊ टुहुरो मान्छे थियो । यातनाले गर्दा उसको मानसिक अवस्था बिग्रियो । ऊ कैदीलाई पिट्न जाइ लाग्थ्यो । नबोली चुपचाप कुनामा एक्लै बसेर दुई तीन दिनसम्म खानै खाँदैन थियो । उसको अवस्था नाजुक हुँदै गएपछि हामीले जेल प्रशासनलाई उसको उपचारको लागि धेरै पटक अनुरोध गरौँ । बल्लबल्ल जेल प्रशासनले उसलाई अस्पताल त भर्ना गर्यो तर ऊ कहिल्यै फर्केर आएन । २ वर्षपछि जेलरले हामीलाई उसको मृत्यु भइसकेको जानकारी दियो । उसनको मृत्युको खबर पहिले नै हामीले किन थाहा पायनौ ? दूतावासलाई यो कुराको केही मतलब छैन । त्यो साथीको लास कहाँ छ कसैलाई थाहा पनि छैन । उसको शव अहिलेसम्म नेपाल पनि आएको छैन । विदेशमा दूताासको कर्मचारीले दिएको सास्ती बताएर साध्य छैन । म यति नै भन्छु – ‘ती कर्मचारीहरु हरिश्चन्द्र घिमिरे र मानहादुर थापाले कुनैपनि सरकारी कार्यलयमा बसिनरहुन् । किनकि, उनीहरुको कुनै काम नै छैन ।’ हामी १० जना जेल मुक्त भयौं । तर, अब के गर्ने कुनै योजना छैन । भारी काम गर्न पनि सकिँदैन । सरकारले केही गरिदिन्छ कि भन्ने आशा छ । सरकाले हामीलाई पुर्नस्थापना गरिदिनुपर्छ । अव सरकारले हामीलाई बाच्ने आधार दिनुपर्छ । हामी सबै मिलेर नेपालमै केही गरेर देखाउने योजनामा छाैँ । केही व्यवसाय गर्ने सोच छ । सकेसम्म कोही पनि वैदेशिक रोजगारीमा जान नपरोस् । विदेशमा पैसाको बोट छैन । त्यहाँपनि श्रम नै गर्ने हो । त्यसकारण नेपालमै राम्रो गर्न सकिन्छ । यदि जाने नै हो भने कम्पनी, तलब राम्रोसँग बुझेर जाऊँ । राम्रो सीप सिकेर जाऊँ ।
[nepalaja_video type="youtube" id="iARGAZNl_84" width="700px"]
विदेशले दुःख बाहेक केही दिएन् मेरो नाम रामहादुर तामाङ हो । घर नुवाकोट हो । २०६६ सालमा साउदी गएको हो । देशमा आम्दानीको उपाय नचलेर परिवारको खुसीको लागि ४० वसन्त पार गर्दै गर्दा खाडी छिरेको हुँ । साउदीको कम्पनीले यहाँ म्यानपावरले गराएको सम्झौतापत्र भन्दा आधा तलब दियो । सम्झौताभन्दा अर्कै काम गर्नु पर्ने । जति ओभरटाईम गरेपनि खानालाई ठीक्क हुने । ऋण पनि तिर्न नसक्नेजस्तो देखिएपछि म त्यहा ८ महिनाजति काम राहदानी कम्पनीमै छोडर भागेँ । त्यसपछि अर्को कम्पनीमा गएर २ वर्षजति काम गरेँ । त्यहाँपनि सोचेजस्तो तलब भएन । काम गरेको तलब नै दिदैनथियो । त्यहाँबाट भागेर अर्को ठाउँमा ६ महिना जति काम गरियो । त्यसपछि घर फर्कनको लागि दलालललाई पैसा बुझाएँ । दलालले पैसा खाएर भाग्यो । उल्टै प्रहरीले समातेर अर्को ठाउँमा लगेर छोडिदियो । त्यो ठाउँमा बल्लतल्ल काम पाएर गर्दै थिए । काम पाएको केही समयपछि प्रहरीले पक्राउ ग¥यो । पक्राउपछि यातनाको त कुरै नगरौँ । यातनाबाट पल पल मरेर बाच्यौँ । कहिले रगत झिक्थ्यो । कहिले भिडियो एक्स रे गथ्र्यो । कहिल्लै फिंगर प्रिन्ट लिन्थ्यो । तर, जे–जे गरेपनि हामी पक्राउ परेको कोही पनि अपराधी थिएनौँ । हामीलाई के अपराधमा पक्रेको भन्ने कसैलाई थाहा थिएन् । हामी पक्राउ पर्ने सबैजना निर्दोष सावित भएका थियो । त्यहीपनि हामीलाई छोडेन । अनाहकमा जेल परेर ७ वर्षपछि छुटेर आएका छौँ । साउदीमा कमाउन सकिएन । त्यहाँ जादा लागेको ऋण अझै तिर्न सकेको छैन । अहिले पनि गरेर खाने केही छैन । आफूले भात खाइराखेको खेत बन्धकी राखेर हिडेको थिएँ । उता गएर फसियो । हामी सबैको एउटै माग छ । हामीलाई उचित क्षतीपुर्ती नेपाल सरकारले होस् या सायदी सरकाले त्यो बेहोर्नुपर्छ । हाम्रो पुर्नस्थापनाको पहल सरकारले गर्नुपर्छ । विदेशमा जाने दूतावासको कर्मचारीहरु काम गर्न सक्षम भए जानु नत्र दुःखमा परेका नेपालीहरुलाई केही गर्न नसक्ने हो भने नजादा नै बेस हुन्छ ।
प्रस्तुतिः सागर बुढाथोकी

bidesh pida saudi yatana